PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एएफसी कप : मिनेर्भा पञ्जावसँग जित्नको लागि मनाङले नयाँ फर्मेसनमा खेल्ने



गोविन्दराज नेपाल

एएफसी कप : मिनेर्भा पञ्जावसँग जित्नको लागि मनाङले नयाँ फर्मेसनमा खेल्ने

काठमाडौँ : एएफसी कप २०१९ अन्तर्गत समूह चरणको चौथो खेलमा नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले भारतीय आइ लिग च्याम्पियन मिनेर्भा पञ्जावसँग भोली खेल्दैछ।

यसअघि मिनेर्भालाई उसकै मैदानमा बराबरीमा रोक्दे अंक खोसेको मनाङले घरेलु मैदानमा हुने खेलमा मिनेर्भालाई हराएर ३ अंक जोड्ने लक्ष्य लिएको छ।

यसअघि मिनेर्भाको मैदानमा भएको खेलमा मनाङले २-२ को नतिजा निकाल्दै पहिलो अंक जोडेको थियो।

मंगलवार भएको प्रिम्याच कन्फ्रेन्समा मनाङका प्रशिक्षक छिरिङ लोप्साङले जितकै लागि खेल्ने बताए।

'एएफसी कपमा हामी भोली चौथो म्याच खेल्न गइरहेका छौँ। पञ्जाव विरुद्ध यसअघिको खेलमा केही गल्ती भएको थियो। अब त्यसलाई सच्याउदै भोली राम्रो खेल्ने र ३ अंक जोड्ने लक्ष्य छ।' लोप्साङले भने।

उनले यसअघिका तीन खेलमा राम्रो खेल्दा खेल्दै पनि नतिजा हात पार्न नसकेको बताए।

'यसअघि तीन वटै म्याचमा हामीले उत्कृष्ट प्रदर्शन गरेका थियौँ। तर आफूले पाएको अवसर सदुपयोग गर्न नसक्दा रिजल्ट ल्याउन सकेनौँ। अहिलेसम्म केटाहरुले राम्रो खेलिरहेको छ। त्यसलाई निरन्तरता दिँदै जितका लागि खेल्छौँ।'

उनले मिनेर्भा विरुद्ध मनाङले भोली फरक फर्मेनसन बनाएर खेल्ने र अट्याकिङमा बढि जोड दिने बताए। 'हामी भोली मनाङको पर्मेसनमा अली चेन्ज गर्नेछौँ। यस्तै अट्याकिङ्मा ध्यान दिनेछौँ।' घरेलु मैदानमा खेल्दा दर्शकको फाइदा हुने पनि उनले बताए।

प्रशिक्षक लोप्साङले शीर्ष दुईमा पर्ने सम्भावना अझै बाँकी रहेको र त्यसका लागि भोलीको खेल जित्नुपर्ने बताए। 'हाम्रो सम्भावना अझै सकिएको छैन। शीर्ष दुईमा पर्नको लागि भोलीको खेल जित्नुपर्छ। भोलीको खेल जितेमा केटाहरुले मोटिभेट भएर बाँकी दुई खेलमा पनि राम्रो गर्ने विश्वास छ।'

यस्तै मनाङका कप्तान विराज महर्जनले पनि भोली जितकै लागि खेल्ने बताए।

यसअघि हामी आफ्नै कमजोरीको कारण अघिल्ला तीन खेलमा पछि परेका थियौं। तर, भोली ३ अंकको लागि खेल्ने छौं,' कप्तान विराजले भने। 'फुटबल हो अप्स एण्ड डाउन भइरहन्छ। अघिल्लो खेलमा पनि हामीले मिनेर्भालाई टफ फाइट दिएका थियौँ।'

अब बाँकी रहेका खेलहरुमा पनि राम्रो प्रदर्शन गर्न सके अघिल्लो चरण पुग्ने सम्भावना बाँकी रहेको विराजले बताए।

'अर्को चरणमा जान अब आउने तीन वटै खेल महत्त्वपूर्ण छ। हामीलाई आशा पनि छ। हाम्रा खेलाडीमा आत्मविश्वास छ।' विराजले भने। 'त्यसको लागि भोलीको म्याच महत्वपूर्ण छ। यदी हामीले भोली जित्यौँ भने बाँकी दुई खेलको लागि सहज हुनेछ।'

 

३ अंककै लागि खेल्छौँ : सचिन, प्रशिक्षक मिनेर्भा पञ्जाव

यस्तै मिनेर्भाका प्रशिक्षक सचिव बडाढेले पनि मनाङ विरुद्ध ३ अंककै लागि खेल्ने बताए।

'मनाङसंगको खेलका लागि हामी सकारात्मक छौँ। हामी ३ अंकको लागि प्रतिस्पर्धा गर्नेछौँ,' प्रशिक्षक बडाढेले भने।

पउनले मनाङ नेपालको च्याम्पियन टिम भएकोले राम्रो रहेको र खेल प्रतिस्पर्धात्मक हुने बताए।

प्रशिक्षक बडाढेले अघिल्लो चरण पुग्ने सबै टिमको सम्भावना बाँकी रहेकोले भोलीको खेल महत्वपूर्ण रहेको बताए। भोलीको खेल जित्न सके अघिल्लो चरणको यात्रा सहज हुने उनले सुनाए।

यस्तै पन्जाबका कप्तान ओमालाजा नुरेन करिमले पनि मनाङ विरुद्ध जित्नकै लागि खेल्ने र ३ अंक जोड्ने लक्ष्य रहेको बताए।

'मनाङ नेपालको च्याम्पियन टोली हो। हामी भारतको च्याम्पियन हौँ। त्यसैले खेल जस्तो नतिजा पनि आउन सक्छ। तर हामी ३ अंकको लागि खेल्नेछौँ।'

समूह ई मा मनाङ र मिनेर्भासंगै भारतकै अर्को क्ल चेन्नायीन एफसी र बंगलादेशको अबहानी लिमिटेड ढाका रहेको छ।

मनाङले घरेलु मैदानमा ढाकासँग हार बेहोर्दै प्रतियवगिता सुरु गरेको थियो। यस्तै चेन्नायीन विरुद्ध उसैको मैदानमा पराजित भएको मनाङले मिनेर्भासँग बराबरी खेल्दै १ अंक जोडेको घ।

अहिलेसम्म ३ खेल हुँदा चेन्नायी अपराजित रहँदै ७ अंक जोडेर समूहको शीर्ष स्थानमा छ। ४ अंक जोडेको बंगलादेशी क्लब अबहानी दोस्रो र ३ वटै खेल बराबरी खेल्दै ३ अंक रहेको मिनेर्भा तेस्रो स्थानमा छ। मनाङ १ अंकसहित पूछारमा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell