PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

उमेर समूहको बुद्धिचाल प्रतियोगिता हुने



पहिलोपोस्ट

उमेर समूहको बुद्धिचाल प्रतियोगिता हुने

काठमाडौँ : उमेर समूह देखि नै बुद्धिचालको खेलाडीको विकास गर्ने उदेश्यका साथ काठमाडौँ महानगरपालिका वडा नम्वर २४ ले उमेर समूहको बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ।

कामपा वडा नम्वर २४ ले मंगलवार पत्रकार सम्मेलन गर्दै २०७६ साल जेठ ३ देखि ५ गतेसम्म उमेर समूहको बुद्धिचाल प्रतियोगिता गर्ने जानकारी दिएको हो।

२४औँ महानगर दिवसको अवसर पारेर प्रथम मेयर कप उमेर समूह  यू-१२ र यू-१६ बुद्धिचाल प्रतियोगिता आयोजना गर्न लागेको वडा अध्यक्ष बाल कृष्ण श्रेष्ठले जानकारी दिए।

नेपालकै स्थापित मखन चेस क्लबले यस प्रतियोगिताको व्यवस्थापन गर्नेछ। प्रतियोगिता फिडे नियम अनुसार स्वीस लिग सेभेन राउण्ड अनुसार सञ्चालन हुनेछ।

'देशभर खुल्ला बुद्धिचाल प्रतियोगिताको लहर भएतापनि उमेर समूहमा बुद्धिचाल निकै कम हुने अवस्थामा नगद पुरस्कार सहित युवा उमेरबाटै बुद्धिचाल खेलाडीको विकास गर्ने उदेश्यले हामीले यो प्रतियोगिता आयोजना गर्न लागेका हौँ।' वडा अध्यक्ष श्रेष्ठले भने।

प्रतियोगितामा यू-१२ तर्फ छात्र र छात्रा तर्फ प्रतिस्पर्धा हुनेछ भने यू-१६ तर्फ छात्र र छात्रा एउटै समूहमा समावेश गरेर खेलाइने आयोजकले जनाएको छ।

प्रतियोगितामा १५० खेलाडीले सहभागि हुने अपेक्षा रहेको मखन क्लबका अध्यक्ष तथा टुर्नानमेन्ट कोअर्डिनेटर सुजेन्द्र श्रेष्ठले जानकारी दिए। '८० जना जति रजिस्टर भइसकेका छन्। हामीले पाँच सय इन्ट्री फि राखेका छौँ। फ्रि भएमा सबै आउने भएर लिमिटेसन राखेका छौँ।'

प्रतियोगितामा तिनवटै समूहतर्फको विजेताले नगद ३० हजार हात पार्नेछन्। यस्तै उपविसजेताले १५ र तेस्रो हुनेले १० हजार प्राप्त गर्नेछन्। यस बाहेक शीर्ष तीनमा पर्न नसकेको तर उत्कृष्ट खेल्ने खेलाडीमध्ये एकलाई उत्कृष्ट खेलाडी चयन गर्दै प्रत्येक विधामा ५-५ हजार प्रदान गरिने सुजेन्द्र श्रेष्ठले जानकारी दिए।

प्रतियोगिताको लागि करिब साढे चार लाख बजेट लाग्ने आयोजकले जनाएको छ।

यस्तै नेपाल बुद्धिचाल संघका उपाध्यक्ष ज्ञानेन्द्र खाइजुले यस प्रतियोगिताको लागि संघले प्राविधिक सहयोग गर्ने बताए।

सिमित बजेटका बावजुत पनि यस पटक बुद्धिचालको सुरुवात गरेको र केन्दरबाट सहयोग पाएमा आगामी दिनमा अन्य खेलकुद प्रतियोगिताहरु पनि गर्न सकिने वडा नम्वर २४ का अध्यक्ष बाल कृष्ठ श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell