PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘कबड्डी’को तेस्रो सिरिज घोषणा, यस्तो छ कलाकारको लाइन अप



‘कबड्डी’को तेस्रो सिरिज घोषणा, यस्तो छ कलाकारको लाइन अप

फिल्म ‘कबड्डी’को तेस्रो श्रृङ्खला घोषणा भएको छ। सोमबार कार्यक्रम आयोजना गरी फिल्म’कबड्डी कबड्डी कबड्डी’को औपचारिक घोषणा भएको हो।

अन्तरजातीय प्रेम कथामा आधारित फिल्मका लागि कलाकारहरुको लाइन अप पनि पूरा भएको छ।

फिल्ममा अभिनेता कर्मा, क्याप्टेन डेब्यु गर्ल उपासना सिंह ठकुरी र अभिनेता दयाहाङ राईको मुख्य अभिनय रहनेछ। त्यस्तै अन्य कलाकारहरु रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायत पनि छन्।

जेठ पहिलो साताबाट छायाङ्कनका लागि फ्लोरमा उत्रिने फिल्म युनिटले दशैंअघि रिलिज टार्गेट लिएको छ। फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन्। कथामा उनले र उपेन्द्र सुब्बाले सहकार्य गरेका छन्।

सिनेमा आर्ट्सको प्रस्तुति रहने फिल्म शैलेन्द्र डी कार्कीले खिच्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell