PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

कस्तो रह्यो आइपीएलको दुई सिजनमा सन्दीपको प्रदर्शन?  



गोविन्दराज नेपाल

कस्तो रह्यो आइपीएलको दुई सिजनमा सन्दीपको प्रदर्शन?  

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ मा दिल्ली क्यापिटल्सका लागि खेलेका नेपाली युवा स्टार सन्दीप लामिछाने आइतवार नेपाल फर्किसकेका छन्।

दिल्लीबाट काठमाडौँ आउँदा सन्दीप चढेको एअर इन्डियाको जहाज करिब २ घण्टा आकाशमा होल्ड भयो, सन्दीपले पीएम कप क्रिकेट नखेल्ने जस्ता विषय उनी नेपाल आएपछि चर्चामा छ।

गत वर्ष आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बन्दै टी २० क्रिकेटमा समेत डेब्यु गरेका सन्दीपले एक वर्षको अवधिमा नसोचेको चर्चा र सफलता पाए।

भारतको आइपीएलपछि सन्दीपले विश्वभर आधा दर्जन भन्दा बढि टी २० फ्रेन्चाइज्ड लिग खेले। आफ्नो ड्रिम लिग अष्ट्रेलियाको बिग बास लिगमा डेब्यु गरे। मेलवर्न स्टार्सबाट खेल्दै फाइनल पुगे तर उपाधि जित्न सकेनन्।

गत वर्षमा मार्च १२ मा रोएल च्यालेनर्जस बैंगलोरका पार्थिव पटेललाई आउट गर्दै विकेट लिने यात्रा सुरु गरेका सन्दीपले टी २० करियरमा ५० विकेटको कोसेढुंगा पनि यही आइपीएलमा पूरा गरे। सन्दीपले सीएललमा सँगै खेलेका क्रिस गेललाई यस आइपीएलमा आउट गरेर एक खेलमा 'स्टाइलिस प्लेअर'को अवार्ड जिते।

लगातार दोस्रो सिजन दिल्लको लागि आइपीएल खेलिसकेका सन्दीपल नेपाली क्रिकेटले पछिल्लो समय पाएको सबैभन्दा ठूला स्टार खेलाडी हुन्। उनले टी २० लिगमा जस्तै नेपालको राष्ट्रिय टिममा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। लिगकै बीच नेपालले युएई विरुद्ध ओडिआई र टी २० आई सिरिजमा सन्दीपले सहभागिता जनाएर नेपाललाई दुवै सिरिज समान २-१ ले जिताउन महत्वपूर्ण भूमिमा निर्वाह गरे।

विश्वभरका लिग खेलिसकेपछि नै पनि सन्दीपलाई आइपीएल अन्य भन्दा फरक लाग्छ। त्यहाँ विश्वका स्टार खेलाडीको जमघट हुन्छ। साथै ठूला खेलाडीबाट धेरै कुरा सिक्ने अवसर समेत पाइन्छ। सन्दीपले पनि यो मौकाको सहि सदुपयोग गरे।

लगातार दोस्रो पटक आइपीएल खेलेपनि सन्दीपको उपाधि जित्ने धोको भने पूरा हुन सकेको छैन। यस पटक दिल्लीले उत्कृष्ट प्रदर्शन गर्दै ७ वर्षपछि प्लेअफमा स्थान बनाएको थियो। एलिमिनेटरमा सनराइजर्स हैदरावादलाई हराएपनि दोस्रो क्वालिफायरमा साविक विजेता चेन्नाईको चुनौती पार गर्न नसकेपछि पहिलो पटक फाइनल खेल्ने दिल्लीको योजनामा ब्रेक लागेको थियो।

सन्दीपले पनि दिल्ली जानुअघि आइपीएल जित्न चाहेको बताएका थिए। यस पटक भने त्यो सपना अधुरै रह्यो।

चेन्नाई विरुद्ध ब्याटिङ र बलिङ दुवैमा कमजोर प्रदर्शन भएकोले दिल्ली हार्न पुगेको उनले प्रतिक्रिया दिए।

पहिलो सिजन लिग चरणमा अन्तिमको ३ खेल मात्र खेल्न पाएका सन्दीपले यस पटक त्यसको दोब्बर अर्थात ६ खेल खेल्न पाए।

६ खेलमा सन्दीपले कूल ८ विकेट लिए। भिन्न शहर र मैदानमा खेल्नुपर्ने र टिम कमब्नेसन समेत मिलाउनुपर्ने हुँदा सन्दीपले यस पटक धेरै खेलमा चान्स पाउन सकेनन्।

तर गत वर्षको भन्दा केही बढि खेल खेल्न पाएकोमा सन्दीप सन्तुष्ट भने छन्।

उनले यस पटक अझ धेरै खेलाडी विरुद्ध खेल्न पाए।

'समग्रमा यस सिजन राम्रै भयो। कम अवसर नै पाएपनि अघिल्लो सिजन भन्दा धेरै खेल खेल्ने अवसर पाएँ। व्यक्तिगत प्रदर्शन राम्रो भयो। सन्तुष्ट छु। दिल्लीको टिममा व्याट्सम्यानको खाँचो पर्नाले म बाहिर बस्नु पर्यो। आफ्नो प्रदर्शन, टिम जर्नी सबैसँग ह्याप्पी छु। गत सिजनमा लास्टमा हुनु र अहिले तेस्रो हुनु मेरा लागि ठूलो उपलव्धि हो।' सन्दीपले काठमाडौँ पर्केपछि सञ्चारकर्मीसँग भने।

गत वर्ष बैंगलोर, चेन्नाई र मुम्बई विरुद्ध १-१ खेल खेलेका सन्दीपले यस वर्ष बैंगलोर र पञ्जाव विरुद्ध २-२ खेल खेले। यस्तै कोलकता र सनराइजर्स हैदरावाद विरुद्ध समान १ खेल खेले।

यस सिजनको विजेता मुम्बई, उपविजेता चेन्नाई र राजस्थान विरुद्ध भने सन्दीपले खेल्न पाएनन्।

सन्दीपले गत वर्ष अन्तिममा चान पाउपनि राम्रो भएको तर यो वर्ष बीचबीचमा चान्स पाएको र टिमको निर्णo स्वीकार गर्नुपरेको बताए।

'गत वर्ष प्रतियोगितबाट बाहिरिसके पछि मैले चान्स पाएको थिए, त्यतिबेला पनि मैलो राम्रो प्रदर्शन गरेको थिए। अहिले बीच-बीचमा चान्स पाएको थिए, कहिले राम्रो गरेर पनि बाहिर हुनु परेको थियो। टिम म्यानेजमेन्टले लिएको निर्णय स्वीकार गर्नु पर्छ, त्यही म्यानेजमेन्टका कारण अहिले दिल्लीको समग्र प्रदर्शन पनि राम्रो भएको हो।'

आइपीएल किन फरक?

'फरक के भनौं, आइपीएलमा स्पीन बलरहरुलाई खेल्ने ब्याट्सम्यानहरु धेरै हुन्छन्। आइपीएलमा क्रिकेटको माहोल नै छुट्टै हुन्छ। क्रिकेट संस्कार छ। यो विश्वकै सर्वाधिक ठूलो लिग हो। विश्वभरका उत्कृष्ट क्रिकेटरहरु यसहमा खेल्न चाहन्छन्। यस लिगमा ब्याट्सम्यान र बलर पनि त्यस्तै हुने भएकाले यसको माहोल फरक देखिएको हो। त्यसैले आइपीएल अन्य लिगभन्दा फरक छ। त्यसैले पनि आइपीएल खेल्नु सजिलै छैन।'

 

गत वर्ष र अहिलेको लिगमा के फरक?

'गत सिजनको आइपीएल पछि मैले लगातार विश्वका अन्य लिगहरुमा खेले। अहिलेको लिगमा त्यही अनुभवबाट धेरै कुराहरु सिकेर आएँ। अहिलेको समय भनेको गेम 'लर्न' भन्दा पनि एक्सपिरियन्स 'लर्न' गर्ने बेला हो। यो अनुभवले सधैँ भरै खेलमा तलमाथि भइरहन्छ भन्ने कुरा दर्शाउँछ। खेल बिग्रँदा न आत्तिने र राम्रो हुँदा नमात्तिने कुराहरु सिकाउँछ।'

 

 

आइपीएल चुलिएको सन्दीपको चर्चा, दुई सिजनमा के फरक?

सन्दीप लामिछानेको आइपीएलमा प्रदर्शन

 

आइपीएल २०१९ (फेब्रुअरी २३- मे १२ सम्म) दिल्लीको खेल क्रम अनुसार

३० मार्च २०१९ विरुद्ध केकेआर    :  १/२९       ४-०-२९-१, तेस्रो खेल

१ अप्रिल २०१९  विरुद्ध पञ्जाव    : २/२७, ० रन  ४-०-२७-२, चौथो खेल

४ अप्रिल २०१९ विरुद्ध सनराइजर्स  : १/३२        ४-०-३२-१, पाँचौ खेल

७ अप्रिल २०१९ विरुद्ध बैंगलोर     : १/४६        ४-०-४६-१, छैटौँ खेल

२० अप्रिल २०१९ विरुद्ध पञ्जाव    : ३/४०        ४-०-४०-३, दशौँ खेल

२८ अप्रिल २०१९ विरुद्ध बैंगलोर    : ०/३६        ३-०-३६-०, १२औँ खेल

 

६ खेल ६ इनिङ्स २३ ओभर २१० रन ८ विकेट (२३-०-२१०-८)

एभरेज २६.२५

इकोनोमी  ९.१३

स्ट्राइक रेट १७.२५

 

लिग चरणमा पहिलो र दोस्रो खेल खेल्न नपाएका सन्दीपले तेस्रो देखि छैटौँ खेलसम्म लगातार चार खेल खेले।

त्यसपछि सातौँ देखि नवौँ खेलसम्म बेन्चमा बसेर हेरेका सन्दीपले दशौँ र १२औँ खेल खेले। लिगको ११औँ, १३औँ र १४औँ खेल सन्दीपले खेल्न पाएनन्। यस्तै प्लेअफ अन्तर्गत एलिमिनेटर र दोस्रो क्वालिफायर पनि सन्दीपले खेल्न पाएनन्।

समग्रमा दिल्लीले यस सिजन खेलेको १६ मध्ये सनदीपले ६ खेल खेल्न पाए १० खेल बेन्चमा बसेर हेरे।

 

२०१८ आइपीएल (अप्रिल ७ मे-२७ सम्म)

२०१८ मा सन्दीपले लिग चरणको अन्तिम ३ खेल खेल्न पाए। सन्दीपले त्यतिबेला अवसर पाए जतिबेला दिल्ली प्लेअफ होडबाट बाहिरिसकेको थियो।

 

सन्दीपले खेलेका ३ खेल र प्रदर्शन:

१२ मे २०१८ विरुद्ध बैंगलोर १/२५ ४-०-२५-१ पार्थिव पटेल

१८ मे २०१८ विरुद्ध चेन्नाई १/२१ ४-०-२१-१ सरेश रैना

२० मे २०१८ विरुद्ध मुम्बई ३/३६ ४-०-३६-३ सूर्य कुमार यादव किरण पोलार्ड क्रुनल पाण्ड्या

 

३ खेल ३ इनिङ्स १२ ओभर ८२ रन ५ विकेट

एभरेज १६.४०

इकोनोमी  ६.८३

स्ट्राइक रेट १४.४०

 

गत वर्ष सन्दीपको एभरेज, इकोनोमी र स्ट्राइक रेट राम्रो थियो। यस पटक गत वर्ष भन्दा धेरै खेल खेलेपनि एक रुपको प्रदर्शन नहुनु र केही खेलमा महाँगा सावित हुनुले सन्दीपको प्रदर्शनमा पनि उतारचढाव आएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell