PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

फिल्म प्रचारमा वर्षा: लुगाको कन्ट्रोभर्सीदेखि पार्लर उद्घाटनसम्म



पहिलोपोस्ट

फिल्म प्रचारमा वर्षा: लुगाको कन्ट्रोभर्सीदेखि पार्लर उद्घाटनसम्म

अभिनेत्री वर्षा सिवाकोटी अभिनित फिल्म 'वीर बिक्रम २' प्रदर्शनको तयारीमा छ। जेठ ३ गतेदेखि सार्वजनिक हुन लागेको फिल्म प्रचारमा व्यस्त छन् कलाकारदेखि पुरा टिम। जसमध्य अभिनेत्री वर्षाको चर्चा भने सामाजिक सञ्जालदेखि मिडियासम्ममा चर्को छ।

प्रचार यात्राको क्रममा पोखरामा आयोजित कन्सर्टमा उनले लगाएको डिजाइनर लुगा चर्चामा आयो। उनको पहिरनलाई लिएर विभिन्न टिका टिप्पणी भए। सामाजिक सञ्जालमा उनलाई गाली गर्नेदेखि मिडियामा गसिपको विषय समेत बनिन्। 

च्यातिएको पाइन्टको डिजाइनर लुगामाथिको प्रतिक्रियाले उनलाई केही असर भने गरेन। किनकि त्यसपछिको कार्यक्रममा देखिएको उनको पहिरन झनै नौलो थियो। सर्टको अगाडिको भाग पछाडि र पछाडिको भाग अगाडि। पाइन्टको एक भाग जिन्स अर्को भागमा कम्ब्याट पाइन्ट। जुत्ता पनि दुई फरक रङका। फिल्म प्रचार प्रसारको क्रममा उनको फेसन सेन्सले नै मिडियामा ठाउँ बनायो। 

कन्सर्टसँगै अन्तर्वाता र अन्य कार्यक्रमहरुमा व्यस्त उनी आइतबार भने एक ब्युटी पार्लर उद्घाटमा पुगेकी छिन्। उनले लगनखेलमा मायाज् ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको नयाँ शाखाको रिबन काटेकी हुन्। प्राय गुमसुम रहने उनले उद्घाटन समारोहमा भने सौन्दर्य कलाको महत्व बारे खुलेर वक्तब्य राखिन्।

व्यस्तताका बावजुद समय निकालेर हरेक कार्यक्रममा धाउन थालेकी छिन् नै साथै यो साता उनको फेसबुक पोस्ट समेत चर्चामा रह्यो। उनले अभिनेत्री वर्षा राउतलाई सम्बोधन गर्दै लेखेको स्टाटसमा आफूहरुको सम्बन्ध मिडियामा देखिएजस्तो खराब नभएको जनाएकी हुन्।

लगातार बक्सअफिसमा फ्लप फिल्म दिएकी उनको यी प्रचार प्रसारका शैलीका कारण केही राहत पाउलिन् त? 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell