PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आइपीएल २०१९: च्याम्पियन मुम्बईलाई २० करोड, आन्द्रे रसेलले जिते दुई अवार्ड, कसले कुन अवार्ड पाए?



पहिलोपोस्ट

आइपीएल २०१९: च्याम्पियन मुम्बईलाई २० करोड, आन्द्रे रसेलले जिते दुई अवार्ड, कसले कुन अवार्ड पाए?

मुम्बई इन्डियन्सले चौथो पटक उपाधि जित्पछि इन्डियन प्रिमियर लिग आइपीएल २०१९ सम्पन्न भएको छ। आइतवार भएको फाइनलमा मुम्बईले साविक विजेता चेन्नाईमाथि १ रनको रोमाञ्चक जित हात पार्‍यो।

च्याम्पियन मुम्बईले नगद २० करोड भारु हात पार्दा उपविजेता चेन्नाईले साढे १२ करोडमा चित्त बुझायो।

यस्तै व्यक्तिगत अवार्डतर्फ कोलकता नाइट राइडर्सका अलराउण्डर आन्द्रे रसेलले २ अवार्ड जिते। उनी यस सिजनको मोस्ट भ्यालुएबल प्लेअर घोषित भए। यस्तै रसेलले ह्यारिएर सुपर स्ट्राइकरको अवार्ड समेत जिते। यस अवार्ड सबैभन्दा धेरै स्ट्राइक रेट भएको खेलाडीले पाउने गर्छ।

रसेलले मोस्ट भ्यालुएबल प्लेअर बापत १० लाख भारु पाए भने सुपर स्ट्राइकर अवार्डसँगै ह्यारिएर एसयुभी कार प्राप्त गरे।

यसैगरी सबैभन्दा धेरै रन बनाउनेले पाउने अरेन्ज क्याप सनराइजर्स हैदरावादका डेविड वार्नरले पाए। उनले सर्वाधिक ६९२ रन बनाए। धेरै विकेट लिनेतर्फको अवार्ड पर्पल क्याप चेन्नाईका इमरान ताहिरले जिते। उनले १७ खेल खेल्दै २६ विकेट लिए।

 

आइपीएल २०१९ - कसले के जिते?

आइपीएल २०१९ विजेता : मुम्बई इन्डियन्स

उपविजेता : चेन्नाई सुपर किंग्स

इमर्जिङ प्लेअर : शुभमन गिल (कोलकता नाइट राइडर्स)

फियर प्ले अवार्ड : सनराइजर्स हैदरावाद

फास्टेस्ट फिफ्टी अवार्ड : हार्दिक पाण्ड्या (मुम्बई इन्डियन्स) १७ बलमा अर्धशतक

परफेक्ट क्याच अफ दि सिजन : किरण पोलार्ड (मुम्बई इन्डियन्स) १० लाख, ट्रफी र भिभो फोन

ह्यारिएर सुपर स्ट्राइकर अवार्ड : आन्द्रे रसेल (कोलकता नाइट राइडर्स)  ट्रफी र ह्यारिएर एसयुभि कार

एफबीबी स्टाइलिस प्लेअर अवार्ड : लोकेश राहुल (किंग्स एलभेने पञ्जाव) १० लाख, ट्रफी

ड्रिम एलेभेन गेम चेन्जर अवार्ड : राहुल चाहर (मुम्बई इन्डियन्स) १० लाख, ट्रफी

अरेन्न क्याप (सर्वाधिक रन बनाउने खेलाडी) : डेविड वार्नर (सनराइजर्स हैदरावाद) ६९२ रन, १० लाख र ट्रफी

पर्पल क्याप (सर्वाधिक विकेट लिने खेलाडी) : इमरान ताहिर (चेन्नाई सुपर किंग्स) २६ विकेट, १० लाख र ट्रफी

मोस्ट भ्यालुएल प्लेअर : आन्द्रे रसेल (कोलकता नाइट राइडर्स)  १० लाख र ट्रफी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell