PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'को बन्छ करोडपति'को पहिलो करोडपति बने राजीव जैन



'को बन्छ करोडपति'को पहिलो करोडपति बने राजीव जैन

‘अहिले पनि म तपाईंलाई स्मरण गराइदिन्छु। गलत भयो भने तीन लाख बीस हजार। क्विट गर्नु भयो भने ५० लाख।‘

को बन्छ करोडपति प्रस्तोता राजेश हमालले अन्तिम प्रश्न सोध्नु अघि सहभागी राजीव जैनलाई स्मरण गराए।

तर, राजीवले आत्मविश्वासका साथ जवाफ फर्काए,‘सर पचास लाख त लान्न म। कि तीन लाख बीस हजार कि एक करोड।‘

रिस्क बीना जीवन साहसिक नहुने भन्दै खेल अगाडि बढाएका उनका लागि अन्तिम प्रश्न थियो- ‘२००७ सालको प्रजातन्त्रपछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा भएको थियो?

चारवटा अप्सनहरुमध्येको २०१४ माघ १९ गतेलाई उनले आफ्नो लजिकसहित जवाफ रोजे। उनकै भाषामा 'क्यालकुलेटेड रिस्क' लिए। र, बने ‘को बन्छ करोडपति’ को करोड रुपैयाँ जित्ने पहिलो विजेता।

प्रश्नको जवाफ निश्चित हुनुअघि उनले आफू जवाफ सही भएकोमा ९५ प्रतिशत ढुक्क भएको बताएका थिए।

आइतबार प्रसारण भएको सोमा उनले १ करोड रुपैयाँ जितेका हुन्। राजेश हमालमार्फत करोडको चेक लिएसँगै उनको परिवारले मञ्चमा आएर खुशी व्यक्त गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell