PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हत्या गरी फरार अभियुक्त ९ वर्षपछि पक्राउ



पहिलोपोस्ट

हत्या गरी फरार अभियुक्त ९ वर्षपछि पक्राउ

काठमाडौः हत्याको अभियोगमा फरार रहेका एक जनालाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले शनिवार माहाभारत गाउँपालिका वडा नम्बर ०२ घर भएका ३८ वर्षीय इन्द्र बहादुर मोक्तानलाई नियन्त्रणमा लिएको हो।

मोक्तानले २०६७ असार  १  गते काभ्रेपलान्चोक साबिक गोकुले गाविस वडा नम्बर ०४ स्थित गोकुले भन्ने स्थानमा दिर्घ बहादुर गोलेलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर फरार भएको प्रहरीको दाबी छ।

थप अनुसधानको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक पठाएको व्यूरोका एसपी सुदिप गिरीले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell