नुवाकोटः नुवाकोटको म्यागङ्ग गाउँपालिका ४ मा शनिबार राति परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ।
चट्याङमा परी ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चट्याङ लागेर एक भैंसी, चार बाख्रा र घरमा सामान्य आगलागी पनि भएको छ।