PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आगो लगाएर ११ महिने छोरीको हत्या, बाआमा पक्राउ



आगो लगाएर ११ महिने छोरीको हत्या, बाआमा पक्राउ

दार्चुला: व्यास गाउँपालिका वडा नं ५ चुकपानीमा एक अभिभावकले आगो लगाएर आफ्नै शिशुको हत्या गरेका छन्। बाइस वर्षीय नवीन विष्टले आफ्नो ११ महिने छोरी अनुस्काको बिहीबार राति आगो लगाएर हत्या गरेका हुन्। घर नजिकै रहेको लुठ्ठा (खर)मा आगो लगाएर छोरीको हत्या गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिइन्। 

उक्त घटनामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले निज विष्ट र उसकी पत्नी  शीलालाई पक्राउ गरेको छ। 

उनीहरुलाई शुक्रबार बिहान घरबाटै पक्राउ गरी सदरमुकाम ल्याइँदैछ। राति छोरीको हत्यापछि भाग्न लागेका दुवै जनालाई स्थानीयवासीको सहयोगमा राति नियन्त्रणमा लिइएको  वडा नं ५ का अध्यक्ष मङ्गलसिंह धामीले जानकारी दिए। हत्या गर्नाको कारण खुलाइएको छैन। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell