PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

१३ वर्षीया बालिका विवाह गर्ने पक्राउ



१३ वर्षीया बालिका विवाह गर्ने पक्राउ

पाँचथर: तेह्र वर्षीया बालिकालाई ललाई फकाई विवाह गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

हिलिहाङ गाउँपालिका–७ का २३ वर्षीय चक्र तामाङलाई बालिकासँग विवाह गरेको आरोपमा पक्राउ गरिएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताए। फिदिमस्थित शिवालय मन्दिरमा ल्याई सिन्दुर पोते गरी विवाह गरेको भन्दै बालिकाका अभिभावकले बुधबार तामाङ विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। 

सोही आधारमा तामाङलाई पक्राउ गरिएको पौडेलले बताए। तामाङलाई पक्राउ गरी बाल विवाह मुद्दाअन्तर्गत म्याद लिई थप अनुसन्धान गर्ने काम भइरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell