PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु



पहिलोपोस्ट

सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

लहानः पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित मल्हनियाँचोकमा रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा गएराति एकको मृत्यु भएको छ।

चोहर्वास्थित नेपाली सेना गणको बा १ ग २४६२ नम्बरको ट्रकमा स ६ प ८०१३ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ निवासी सागरकुमार जयसवालको घटनास्थलमै मृत्य भएको हो।

मल्हनियाँचोकमा बिग्रिएर रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा जयसवालको मृत्यु भएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell