PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ट्रफी बोकेर फर्कियो यू १६ क्रिकेट टिम, हेर्नुस फोटोमा

ट्रफी बोकेर फर्कियो यू १६ क्रिकेट टिम, हेर्नुस फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : थाइल्याण्डमा भएको एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली युवा टोली सोमवार स्वदेश फर्किएको छ।

हिजो सम्पन्न फाइनलमा नेपालले मलेसियालाई ५९ रनले पराजित गर्दै लगातार दोस्रो उपाधि जितेको हो।

उपाधि रक्षा गर्न सफल नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले स्वागत गरे।

एज ग्रुपमा सँधै बलियो रहँदै आएको नेपाली टोलीले यस पटक पनि आफूलाई अब्बल सावित गर्दै अपराजित रहेर च्याम्पियन बनेको हो।

नेपालले समूह चरणमा मलेसिया र म्यानमारलाई पराजित गरेको थियो भने थाइल्याण्ड विरुद्धको खेल वर्षाले प्रभावित हुँदा अंक बाँडेको थियो।

यस्तै सेमिफाइनलमा हङकङलाई पराजित गरेको नेपालले फाइनलमा पुन: मलेसिायलाई नै हराउँदै उपाधि जित्यो।

प्रतियोगितामा नेपालका कप्तान विशाल विक्रम केसी म्यान अफ दि सिरिज घोषित भएका थिए।

आफ्नो कप्तानीमा नेपाललाई च्याम्पियन बनाएर स्वदेश फर्किएपछि विशालले युस प्रतियवगिताबाट युवा खेलाडीले नयाँ-नयाँ कुरा सिक्न पाएको प्रतिक्रिया दिए।

‘समग्रमा टुर्नामेन्ट राम्रो भयो। नयाँ-नयाँ खेलाडीहरु भएकाले नयाँ कुराहरु पनि सिक्ने मौका पाइयो।‘

यस्तै प्रशिक्षक बशन्त शाहीले जुनियर क्रिकेट बेस भएकोले यस भ्रमणले खेलाडीलाई मोटिभेसन प्रदान गर्ने बताए। ‘यो जितले भोलीको दिनमा क्रिकेटको विकास र विस्तारमा सहयोग पुर्‍याउँछ।‘



ट्रेन्डिङ पोस्ट

Ncell