PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

प्रिमियर लिग : चेल्सी र युनाइटेडले खेले बराबरी



पहिलोपोस्ट

प्रिमियर लिग : चेल्सी र युनाइटेडले खेले बराबरी

प्रिमियर लिगमा गएराती भएको खेलमा चेल्सी र म्यानचेष्टर युनाइटेडले १-१ को बराबरी खेल्दै अंक बाँडेको छ। बराबरीपछि शीर्ष चारमा पर्ने अभियानमा दुवै क्लबलाई धक्का लागेको छ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा ११औँ मिनेटमा हुवाँ माटाले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। पहिलो हाफको ४३औँ मिनेटमा मार्कोस अलोन्सोले चेल्सीका लागि बराबरी गोल फर्काए।

बराबरीपछि ३६ खेलबाट ६८ अंकसहित चेल्सी चौथो स्थानमा छ भने समान खेलबाट ६५ अंकसहित युनाइटेड छैटौँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell