PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

टेकोले धानेको भक्तपुरको भित्री बस्ती, हेर्नुस् फोटोमा

टेकोले धानेको भक्तपुरको भित्री बस्ती, हेर्नुस् फोटोमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


२०७२ साल वैशाख १२ गतेको भूकम्पले भक्तपुरमा पनि हजारौँ घरमा क्षति पुग्यो। भक्तपुरको भित्री नेवार बस्तीका अधिकांश घर ढले। भूकम्पपछि पुनर्निर्माणको काम भक्तपुरमा भइरहेको छ। सम्पदा पुनर्निर्माणको काम करिब ७० प्रतिशत सकिएको छ।

तर, भूकम्प गएको चार वर्ष पुग्दा समेत भक्तपुरको भित्री बस्तीका घरको अवस्था भने उस्तै छ।

सरकारले दिने अनुदान अपुग भएको तथा आन्तरिक र पारिवारिक समस्याका कारण घर बन्न नसकेका हुन्। धेरै घरहरू भत्किएकै अवस्थामा छन्। कयौँ घरलाई अहिले पनि टेकोले धानिएको छ।

भक्तपुरको मुख्य भित्री बस्ती रहेको वडा नम्बर ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले धेरै घर नबन्नुमा पारिवारिक कारण रहेको बताए। भने, 'पहिला सगोल घर हुन्थ्यो। भूकम्पपछि धेरैले छुट्टिने इच्छा देखाए, जग्गा सानो भयो। दाजुभाइको कुरा मिलेन। धेरैको समस्या त्यही छ।'

यस्तै आर्थिक कारणले पनि घरहरू पुनर्निर्माणमा समस्या आएको उनको तर्क छ। सरकारले दिने भनेको तीन लाख आर्थिक अनुदानले मात्रै घरहरू बन्ने अवस्था नरहेको भन्दै उनले भने, 'आर्थिक रूपमा सम्पन्न भएकाले घर बनाए। तीन लाखले अहिले घर बन्ने स्थिति छैन। ऋण लिनलाई पनि स्रोत देखाउनु पर्छ।'

पुनर्निर्माणको समस्या अहिले जस्तै रहे सबै घरहरू बन्न अझै ४-५ वर्ष लाग्ने उनले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell