PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

रातो मछिन्द्रनाथ रथ निर्माण शुरु: १५ फोटोमा हेर्नुस्

रातो मछिन्द्रनाथ रथ निर्माण शुरु: १५ फोटोमा हेर्नुस्


ललितपुर: वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को जात्राका लागि रथनिर्माण कार्य भइरहेको छ। 

नेपालकै सबैभन्दा लामो रथयात्राका लागि ललितपुरका बाराही समुदाय हाल रथमा काठको काम गर्न व्यस्त छन्। शनिबार रातो मछिन्द्रनाथको मूर्तिलाई स्नान गराएपछि पुल्चोकमा रथ निर्माण कार्य सुरु भएको हो।
 
आइतबार रथका पांग्राहरु राखेर दुई ठूला काठहरुलाई राखिएको थियो। आज भने ती पांग्रा हटाएर फ: र स्वराठका काठहरु राखिएको छ। 

अब दशमीका दिन बाराहीहरुले रथमा पांगा र ल: सिं राख्नेछन्।  यँवालहरुले भने काठहरुलाई डोरी र बेतले कस्ने काम गर्नेछन्।

वैशाख शुक्ल प्रतिपदा (पारु) वैशाख २२ गते रातो मछिन्द्रनाथको मूर्तिलाई रथारोहण गराइ रथ जात्रा सुरु हुन्छ।
 
पहिलो दिन रातो मछिन्द्रनाथको रथलाई गा: बहाल पुर्‍याइनेछ। शुभ साइतमा भोटो देखाई रातो मछिन्द्रनाथको मूर्तिलाई बुङमतीमा फिर्ता लगेसँगै रातो मछिन्द्रनाथको रथ यात्रा समापन हुन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell