PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अजय देवगान विरुद्ध तनुश्रीको #मिटू अभिव्यक्तिले बहिनी इसितालाई तनाव



पहिलोपोस्ट

अजय देवगान विरुद्ध तनुश्रीको #मिटू अभिव्यक्तिले बहिनी इसितालाई तनाव

बलिउड हिरोइन तनुश्री दत्ताले अजय देवगान विरुद्ध अभिव्यक्ति दिँदा उनकी बहिनी इसिता तनावमा छिन्। तनुश्रीले अजय देवगानको आउँदै गरेको फिल्म दे दे प्यार दे मा आलोकनाथलाई लिइएको विषयमा कडा टिप्पणी गरेकी थिइन्। आलोक नाथले यौन दुर्व्यवहार गरेको भन्दै तनुश्रीले कडा #मिटू अभियान नै छेडेकी थिइन्। यौन विवादमा मुछिएका उनलाई अजय देवगानले फिल्ममा लिएकोमा तनुश्रीको आपत्ती थियो।

बलात्कारकै आरोप लागेका कलाकारलाई बलिउड कमब्याकमा सघाएकोमा उनले कडा प्रतिक्रिया दिँदा बहिनी इसिताले प्रस्टिकरण ने दिनु पर्‍यो। बलिउडमा #मिटू अभियानका क्रममा को स्टार नाना पाटेकरले यौन दुर्व्यवहार गरेको भन्दै उत्रिएकी तनुश्रीले आलोक नाथको भूमिका हटाएर अरुलाई नै लिनुपर्ने र रिसुट गर्नुपर्ने बताएकी थिइन्।

दिदीको अभिव्यक्तिपछि इसिताले वक्तव्य दिएकी छिन्, 'मलाई यो विषयले असजिलो अवस्थामा ल्याएको महसुस गरेको छ तर सत्य सत्य नै हो। मेरो दिदीले सत्यको समर्थन गरेकी छिन्। अजय सरसँग मेरो काम र दिदीको अभिव्यक्ति फरक कुरा हुन्। मलाई लाग्दैन यो विषयलाई अजय सर दु:खी हुनु हुनेछ।'

यता अजय देवगानले आलोकनाथको सुटिङ उनी विवादमा आउनुअघि नै भएको प्रस्टिकरण दिइसकेका छन्। उनले फिल्म रिसुट गर्न सक्ने अवस्थामा नभएको भन्दै आफू मिटू अभियानप्रति पूरै संवेदनशील रहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell