PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारतमा लोकसभा निर्वाचन : भाजपाको मुख्यालयमै नेतामाथि जुत्ता प्रहार



भारतमा लोकसभा निर्वाचन : भाजपाको मुख्यालयमै नेतामाथि जुत्ता प्रहार
फोटो: ANI

नयाँ दिल्ली: भारतीय जनता पार्टीको नेता जीभीएल नरसिम्हा रावमाथि जुत्ता प्रहार गरिएको छ।

आज भारतमा भइरहेको लोकसभा निर्वाचनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनीमाथि एक व्यक्तिले जुत्ता प्रहार गरेका हुन्।

भाजपाको मुख्यालयमै भएको यो घटनापछि जुत्ता प्रहार गर्ने व्यक्तिलाई त्यहाँका सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो।

हाल यस घटनाबारे अनुसन्धान भइरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell