PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भारतमा दोस्रो चरणको लोकसभा निर्वाचन: दुई स्थानमा रद्द,ओडिशामा निर्वाचन अधिकृतको हत्या



भारतमा दोस्रो चरणको लोकसभा निर्वाचन: दुई स्थानमा रद्द,ओडिशामा निर्वाचन अधिकृतको हत्या
फोटो: BBC

नयाँ दिल्ली: आज भारतमा दोस्रो चरणको लोकसभा निर्वाचन हुँदैछ।

११ राज्य र एक केन्द्र शासित प्रदेश पुड्डुचेरीमा गरी कुल ९५ सिटका लागि मतदान भइरहेको छ।  ९५ सिटका लागि एक हजार २२९ उम्मेदवारहरु चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन्।  दोस्रो चरण निर्वाचनमा करिब १६ करोड मतदाताहरुका लागि १ लाख८१ हजार मतदान केन्द्र बनाइएको छ। 

तालिमनाडुको वेल्लोर लोकसभा क्षेत्रमा मतदाताहरुलाई पैसा दिएको आधारमा त्यहाँको निर्वाचन रद्द गरिएको छ। यस्तै, त्रिपुरा पूर्व लोकसभा क्षेत्रमा शान्ति सुरक्षाको चुनौतीका कारण देखाउँदै २३ अप्रिलका लागि निर्वाचन सारिएको छ।

भारतको पूर्वी राज्य ओडिशामा भने दोस्रो चरणको निर्वाचन हुनुअघि एक महिला निर्वाचन अधिकृतको हत्या भएको छ। महिला अधिकृतलाई त्यहाँ सक्रिय माओवादीले हत्या गरेको बताइएको छ।

सात चरणमा हुने निर्वाचन मे १९ मा गएर सम्पन्न हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell