PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

निर्वाचन प्रचारका क्रममा माछा बेच्दै 'रंगीला गर्ल' उर्मिला मातोंडकर



निर्वाचन प्रचारका क्रममा माछा बेच्दै 'रंगीला गर्ल' उर्मिला मातोंडकर
फोटो: दैनिक भास्कर

मुम्बई : बलिउड अभिनेत्री उर्मिला मातोंडकर यस पटक लोकसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दैछिन्।

भारतीय कांग्रेसको तर्फबाट उत्तरी मुम्बईबाट लोकसभा निर्वाचनमा उठेकी मातोंडकर निर्वाचन प्रचारका क्रममा बोरीवली पुगिन्। त्यहाँ उनी माछा व्यवसायीहरुसँगै माछा काट्दै र बेच्दै गरेको देखिइन्।

यसअघि उर्मिला निर्वाचन प्रचारको क्रममा कांदिवालीमा क्रिकेट खेल्दै गरेको देखिएकी थिइन्।

उत्तरी मुम्बईबाट लोकसभामा उनीविरुद्ध भारतीय जनता पार्टीका गोपनल चिनाया सेट्टी र भारतीय लोकमत राष्ट्रवादी पार्टीबाट फटेह मोहम्मद मनसुरी शेख छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell