PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

आठौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन आज हुँदै



पहिलोपोस्ट

आठौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन आज हुँदै

नेपालगन्ज : प्रदेश ५ को विभिन्न जिल्लामा यसअघि नै सुरु भइसकेको आठौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन आज हुँदैछ।

२०७५ साल चैत देखि नै प्रदेश पाँचको ५ जिल्ला र अन्य प्रदेशका ३ जिल्लाका सञ्चालन भएको बृहत खेलकुदको उद्घाटन भने आज राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन्। उद्घाटन कार्यक्रमा नेपागन्ज रंगशालामा साँझ ५ बजेपछि सुरु हुनेछ।

आठौं राष्ट्रिय खेलकुदको उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार नै नेपालगन्ज आउने राखेपले जनाएको छ। उद्घाटनपछि सोही दिन भण्डारी नेपागन्जमै बस्ने र शुक्रबार काठमाडौँ पर्कने कार्यक्रम छ। आठौँको समापन भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ।

आठौँ राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागि भएको एनआरएनएसहित सात वटा प्रदेश र तीन विभागीय टोलीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी कूल ११ टोलीको सहभागिता रहेको छ।

आठौं खेलकूदमा खेलाडी, प्रशिक्षक, अफिसियल, व्यवस्थापक, रेफ्री, संघ प्रतिनिधि गरी १० हजार भन्दा बढीको सहभागीता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell