PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आठौँ राष्ट्रिय खेलकुद : यामसाजनलाई पछि पार्दै आशिसले जिते सय मिटर दौडमा स्वर्ण



पहिलोपोस्ट

आठौँ राष्ट्रिय खेलकुद : यामसाजनलाई पछि पार्दै आशिसले जिते सय मिटर दौडमा स्वर्ण

नेपालगन्ज : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष सय मिटर दौडमा एपीएफका आशिस चौधरीले स्वर्ण जितेका छन्। प्रदेश ६ का यामसाजन सुनारलाई १० सेकेण्डले पछि पार्दै आशिसले स्वर्ण जितेका हुन्।

दाङको बेलझुण्डीस्थित सिन्थेटिक ट्रयाकमा भएको सय मिटर दूरी आशिसले ११ सेकेण्डमा पूरा गर्दा यामसाजनले ११.१० सेकेण्डमा पूरा गरे।

यस्तै ११.१५ सेकेण्डमा दौड पूरा गर्दै आर्मीका आनन्द देव चौधरी तेस्रो भए।

महिलातर्फ सय मिटर दौडमा आर्मीकी सरस्वती चौधरीले स्वर्ण जितिन्। उनले निर्धारित दूरि १२.१९ सेकेण्डमा पूरा गरिन्। यस्तै प्रदेश ५ की जयरानी चौधरी दोस्रो र आर्मीकी कृष्णा चौधरी तेस्रो भइन्। जयरानीले १२.३९ सेकेण्डमा दौड पूरा गर्दै रजत जित्दा १२.५२ सेकेण्डमा दौड पूरा गरेकी कृष्णाले कास्य जितिन्।

यसैगरी १० हजार मिटर दौडमा पूरुषतर्फ दुर्गा बुढा र महिलातर्फ विश्वरुपा बुढाले स्वर्ण जिते।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell