PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

पत्रकारले कलम चलायो भन्देखिन बुझे हुन्छ, ओलीका दिन गएः देउवा 



पत्रकारले कलम चलायो भन्देखिन बुझे हुन्छ, ओलीका दिन गएः देउवा 

कैलालीः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले पत्रकारितामाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन्। धनगढीमा नेपाल राष्ट्रिय मगर संघको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्। 


‘ओलीले पत्रकारलाई गुलेली, ढुङ्गा हान्नु भने अरे,’ देउवाले प्रश्न गरे ‘उहाँलाई पत्रकार त कलम हो भन्ने थाहा हुनुपर्ने हो नि? कलम भन्दा बलियो गोली त हुन सकेन, गुलेली, ढुंगाले के हुन्छ र? उनले अगाडी थपे ‘त्यस कारण यो बुझे हुन्छ, पत्रकारले कलम चलायो भन्देखिनलाई ओलीका दिन गए।’ 


उनले सरकार महँगी, कर, हत्या, हिंसा घटाउनुको सट्टा उल्टै बढाउन तर्फ लागेको आरोप लगाउँदै सरकार हत्यारा बचाउन तर्फ लागेको बताए। उनले भने भ्रष्टाचार के घटाउँथ्यो सरकार? उल्टै लुट्सके लुट भन्ने गीतमा प्रतिबन्ध लगायो। आफै लुटेका हुनाले प्रतिबन्ध लगायो,’ देउवाले भने। 
अब नेपाली काँग्रेसले यसकोविरुद्धमा राष्ट्रव्यापी संघर्ष गर्ने देउवाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell