PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

चलचित्र संघका सबैको सदस्यताबारे छानविन सुरु, 'तीन महिनाभित्र हुन्छ चुनाव'



पहिलोपोस्ट

चलचित्र संघका सबैको सदस्यताबारे छानविन सुरु, 'तीन महिनाभित्र हुन्छ चुनाव'

काठमाडौं :  चैत २३ मा हुने भनिएको चलचित्र कलाकार संघको चुनाव अबको तीन महिनाभित्र हुने संघकी उपाध्यक्ष/अभिनेत्री रेजिना उप्रेतीले जानकारी दिएकी छिन्।

चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेविरुद्ध जिल्ला प्रशासन कार्यलयमा उजुरी परेपछि कलाकार संघको चुनाव पर धकेलियो। कलाकार सुरज आरडीले सरिताले गैर कानुनी रुपमा सदस्यता लिएको बताउँदै छानविनका लागि उजुरी दिएका थिए।

अब भने सरिताको मात्र नभइ संघको सबै सदस्यको सदस्यताबारे छानविन गर्न जिल्ला प्रशासनले तीन महिनाको म्याद दिएको रेजिनाले बताइन्।

उनले भनिन् 'अब तीन महिनाभित्र चुनाव गरिसक्नुपर्छ। सबैजनाको छानविन भइरहेको छ।'

संघको अध्यक्षका लागि लय संग्रौलाले पनि  उम्मेद्वारी घोषणा गरेका थिए। गत असोज २३ गते संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएपछि उक्त पदका लागि चुनाव हुन लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell