PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

कांग्रेस वरिष्ठ नेता पौडेल एक महिने जिल्ला दौडाहामा: वैशाखभर प्रदेश २, प्रदेश ५ र सुदुरपश्चिममा 



कांग्रेस वरिष्ठ नेता पौडेल एक महिने जिल्ला दौडाहामा: वैशाखभर प्रदेश २, प्रदेश ५ र सुदुरपश्चिममा 
फाइल फोटो

काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकमहिने जिल्ला भ्रमणका कार्यक्रम तय गरेका छन्। कांग्रेसका विभिन्न कार्यक्रममा सहभागी हुन पौडेलले सुदुरपश्चिम प्रदेश, पाँच नम्बर प्रदेश तथा दुई नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमणका कार्यक्रम तय गरेका छन्।

पौडेलका जिल्ला भ्रमणका कार्यक्रम वैशाख ५ गतेबाट सुरु भएर वैशाख २४ गते सकिने उनका नीजि सचिव चिरन्जीवी अधिकारीले जानकारी दिए।

 

यस्तो छ जिल्ला भ्रमण कार्यक्रम

वैशाख ५ गते:  पोखरा प्रस्थान हिरामणी सुवेदीको चौरासी पूजामा सहभागी

वैशाख ७ गते: भैरहवा प्रस्थान, रुपन्देही क्षेत्र नम्बर ४ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन

वैशाख ८ गते: रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन

वैशाख ९ गते: रुपन्देही क्षेत्र नम्बर ७ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गरी काठमाडौं फर्कने

वैशाख १० गते: सडक मार्ग हुँदै सप्तरीका लागि प्रस्थान (रात्री मुकाम राजविराज)

वैशाख ११ गते: नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर २ ले आयोजना गरेको हनुमाननगर काङकालनी नगरपालिकाको भारदहमा आयोजित आमसभालाई सम्बोधन (रात्री मुकाम राजविराज)

वैशाख १२ गते: सिरहामा कार्यकर्ता भेटघाट

वैशाख १३ गते: नेपाली कांग्रेस रामेछाप नगरसमितिले आयोजना गरेको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सहभागी

वैशाख १४ गते: रौतहटको राजापुरमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभालाई सम्बोधन

वैशाख १५ गते:काठमाडौं फिर्ता

वैशाख १६ गते धनगढी हुँदै दार्चुला प्रस्थान (रात्री मुकाम दार्चुला)

वैशाख १७ गते: नेपाली कांग्रेस दार्चुलाको जिल्ला सम्मेलनलाई सम्बोधन

दार्चुलाबाट वैतडि प्रस्थान (रात्री मुकाम वैतडी)

वैशाख १८ गते: वैतडीको मेलौलीमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभालाई सम्बोधन (रात्रीमुकाम खड्पे)

वैशाख १९ गते: नेपाली कांग्रेस बझाङद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन  (रात्री मुकाम बझाङ)

वैशाख २० गते: नेपाली कांग्रेस डडेलधुराद्वारा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन ( रात्री मुकाम डडेलधुरा)

वैशाख २१ गते: नेपाली कांग्रेस कञ्चनपुरद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन ( रात्री मुकाम महेन्द्रनगर)

वैशाख २२ गते: बिहान कैलालीको बेलौरीमा कार्यकर्ता भेटघाट, दिउसो धनगढिमा कार्यकर्ता भेटघाटलाई सम्बोधन (रात्री मुकाम धनगढी)

वैशाख २३ गते: कैलालीको टिकापुरमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन (रात्री मुकाम टिकापुर)

वैशाख २४ गते: कैलालीको हसुलियामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधनपछि काठमाडौं फर्कने ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell