PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बलिउड फिल्म 'कलंक' प्रदर्शनमा सेन्सरको रोक, 'विकास बोर्डका अध्यक्षको फिल्मसँग जुध्दाको ईवी'



पहिलोपोस्ट

बलिउड फिल्म 'कलंक' प्रदर्शनमा सेन्सरको रोक, 'विकास बोर्डका अध्यक्षको फिल्मसँग जुध्दाको ईवी'

काठमाडौं : प्रदर्शनको तयारीमा रहेको बलिउडको प्रतीक्षित फिल्म 'कलंक' बुधबार नेपाल प्रदर्शनमा नआउने भएको छ। चलिचित्र विकास बोर्डले सेन्सर स्वीकृती नदिएपछि 'कलंक'को प्रदर्शन रोकिएको वितरक मनोज राठीले जानकारी दिए।

राठीले बोर्डका नव नियुक्त अध्यक्ष केशव भट्टराईको फिल्म यात्रा हलमा प्रदर्शनरत भएकाले बलिउड फिल्म रोक्न खोजेको आरोप लगाए। यसले वितरकलाई घाटा हुने राठीको दाबी छ।

उता, बोर्ड अध्यक्ष भट्टराईले भने वितरकले सेन्सरका लागि कुनै निवेदन नआएको बताए।

'उहाँहरु सिफारिसको लागि बोर्डमा आउनु भएको छैन। नेपाली फिल्म शुक्रबार रिलिज हुने भएकाले विदेशी पनि शुक्रबार नै रिलिज गरौं भन्ने कुराहरु मैले उहाँलाई राखेको थिएँ,' उनले भने, 'उहाँहरुको फाइनल कागजात आएपछि सेन्सरको लागि सिफारिस दिनुपर्छ। तर, सेन्सरको लागि उहाँहरु आउनु भएको छैन।'

वितरकसँग केही दिनअघि मात्र 'कलंक' पनि शुक्रबार नै प्रदर्शनमा ल्याउने मौखिक सहमति भएको अध्यक्ष भट्टराईको दाबी छ। भने, 'सायद त्यही सहमतिका कारण बोर्डमा नआउनु भएको होला। मैले उहाँहरुलाई रोकेको छैन।'  

त्यस्तै 'कलंक'का नेपाल वितरक राठीले भने यसमा अध्यक्षको व्यक्तिगत स्वार्थ देखिएको बताए। उनले भने, 'सबै पेपर लगेर दिएका छौं, तर पनि उहाँले स्वीकृती दिनु भएन। उहाँको फिल्म 'यात्रा : अ म्यूजिकल भ्लग' हलमा चल्दैछ। अरुबेला हलमा बुधबार, बिहीबार फिल्म रिलिजमा भइरहेको थियो। यतिखेर उहाँले बुधबार रिलज दिन्न भन्नु भयो। अध्यक्षको व्यक्तिगत स्वार्थका कारण यस्तो भयो।'

उनले अध्यक्ष भट्टराईले पदको दुरुपयोग गरेको अभिव्यक्ति दिए।

उनले मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्समा बुधबार फिल्म रिलिज नहुने बताए। क्यूएफएक्सका सिइओ रोशन अदिगाले बुधबार फिल्म नलगाउने बताए। उनले भने, 'भोलि फिल्म चल्छ जस्तो लाग्दैन। उहाँहरुले कन्टेन दिएपछि हामीले चलाउने हो। भोलि लगाउँदैनौं फिल्म।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell