PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

नेपाली कांग्रेसले घोषणा गर्‍यो राष्ट्रिय जागरण अभियान : कस्ता छन् कार्यक्रम?



पहिलोपोस्ट

नेपाली कांग्रेसले घोषणा गर्‍यो राष्ट्रिय जागरण अभियान : कस्ता छन् कार्यक्रम?
फाइल फोटो

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिमाल–पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियानको घोषणा गरेको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी जागरण अभियान अभियानको घोषणा गर्दै केन्द्रीय तहका नेताहरु स्थानीय तहसम्म पुग्ने जनाइएको छ।

विभिन्न १४ बुँदे उद्देश्य राखी घोषणा भएको अभियान तीन चरणमा हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 

सरकारको अधिनायकवाद देखि मधेशको माग पूरा गराउने लगायतको एजेण्डा रहेको छ कांग्रेसको। यसैगरी, निर्मला पन्तलगायतका घटनाको छानविन, विपदमा क्षति भएकाको पुर्नस्थापनामा सहयोग, विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार लगायतको कुरा जागरण अभियानमा उठाइने कांग्रेसले जनाएको छ।

जागरण अभियानको पहिलो चरण ११ वैशाखदेखि जेठ ११ गतेसम्म ७७ वटै जिल्लामा हुनेछ। केन्द्रीय नेताहरु प्रत्येक जिल्लामा एक महिनासम्म बस्ने शर्माले बताए।

यसैगरी बीपी जयन्तीबाट सुरु हुने दोस्रो चरणको अभियान १५ दिनसम्म चल्ने छ भने तेस्रो चरणको अभियान १० दिनसम्म ७५३ वटै स्थानीय निकायमा हुनेछ। उक्त निकायहरुमा १० दिनसम्म केन्द्रीय नेताहरु बस्ने जनाइएको छ।

कांग्रेसले जागरण अभियानसँगै पार्टीको कार्यक्रमहरुमा पनि परिवर्तन ल्याएको छ। आसन ग्रहणदेखि मन्त्व्यलाई पनि छोट्याएको छ।

अभियानका क्रममा कांग्रेसले पार्टीको स्थापनाकालदेखि हालसम्मको दस्ताबेज संकलन गर्नुका साथै पुरान नेताहरुको खोधीखोजी समेत गर्ने प्रवक्ता शर्माले बताए। 

विदेशमा रहेका नेपालीहरुलाई मतदान प्रक्रियामा सहभागी गराउनका लागि सरकारलाई नेपाली कांग्रेसले दबाब दिने भएको छ। सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन आदेश दिएको भन्दै उक्त आदेशलाई पालन गर्नु पर्ने प्रवक्ता शर्माले बताए। जागरण अभियानका क्रममा उक्त विषयलाई देश तथा विदेशमा उठाइने उनले जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell