PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नयाँ वेब सरिज 'डियर लभ'



पहिलोपोस्ट

नयाँ वेब सरिज 'डियर लभ'

काठमाडौं: पछिल्लो समय युवा दर्शक माझ वेब सिरिज लोकप्रिय बन्दै गएको छ। त्यसैले पनि वेब सिरिज निर्माण/निर्देशन बढ्न थालेको छ।

यही वैशाख १५ गतेदेखि अर्को नयाँ वेब सिरिज 'डियर लभ' प्रशारणमा आउने भएको छ। निर्माण टिमले हालै सरिजको ट्रेलर पनि सार्वजनिक गरेको थियो।

रुबुशा क्रियटिभ वर्कसको ब्यानरमा निर्माण भएको सिरिजमा रविन बोगटीको पटकथा तथा संवाद छ।

सरिज युवा दर्शक लक्षित हुने बताइएको छ। विवेक रसाइलीको लेखन तथा निर्देशन रहेको सिरिजमा दिप्सन भट्टराई, करिना कक्षपति, रविन बोगटी, रश्मि भट्ट, केदार श्रेष्ठ, किरण चन्द, कल्याण थापालगायतको अभिनय छ।

'डियर लभ'मा रुपेश थापाको छायाँकन र राम प्रसाद चौधरीको सम्पादन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell