PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सत्तारुढ दल भाजपा माथि चुनाव आयोगको धक्का, योगी आदित्यनाथ माथि चुनाव प्रचारमा रोक 



पहिलोपोस्ट

सत्तारुढ दल भाजपा माथि चुनाव आयोगको धक्का, योगी आदित्यनाथ माथि चुनाव प्रचारमा रोक 

नयाँ दिल्ली: भारतको चुनाव आयोगले त्यहाँका सत्तारुढ दल तथा विपक्षी दलका नेतालाई चुनाव प्रचारमा रोक लगाएको छ। भारतमा लोकसभा निर्वाचन चलिरहँदा राजनीतिक नेतृत्वबाट भएका गलत भाषणहरूलाई ध्यान दिँदै चुनाव आयोगले निर्वाचन प्रचारमा रोक लगाएको हो।

आयोगले सत्तारुढ दल भारतीय जनता पार्टीका नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई ७२ घण्टा चुनाव प्रचारमा रोक लगाएको छ।  त्यस्तै उत्तर प्रदेशबाट राष्ट्रिय राजनीतिमा रहेका समाजवादी पार्टीका नेता आजम खानलाई पनि ७२ घण्टा चुनाव प्रचारमा रोक लगाइएको छ। 

चुनाव आयोगले बहुजन समाजवादी पार्टीकी सुप्रिमो मायावतीमाथि पनि चुनाव प्रचारमा रोक लगाएको छ। त्यस्तै केन्द्रीय मन्त्री मेनका गान्धीले पनि चुनाव प्रचार गर्न पाउने छैनन्। उनीहरू माथि चुनाव आयोगले ४८ घण्टा चुनाव प्रचारमा रोक लगाएको हो। 

आयोगले यी चार नेताहरूले प्रचारका क्रममा साम्प्रदायिक र अभद्र वायन दिएको भन्दै प्रतिबन्ध लगाउने आदेश जारी गरेको हो। 

योगी आदित्यनाथ र मायावतीमाथिको प्रतिबन्ध मङ्गलबार बिहान ६ बजे देखि र आजम खान र मेनका गान्धीमाथिको प्रतिबन्ध १० बजे देखि लागू भएको छ। 

प्रतिबन्धको क्रममा यी नेताहरूले कुनै पनि जनसभा, पदयात्रा तथा रोड सो गर्न पाउने छैनन्। त्यस्तै कुनै पनि सञ्चार माध्यममासमेत उनीहरूले साक्षात्कार र अभिव्यक्ति दिन पाउने छैनन्। 

योगी आदित्यनाथले मेरठमा गत अप्रिल ९ मा काँग्रेस , सपालाई अलि माथि विश्वास भए आफूहरूलाई बजरंगवली माथि विश्वास भएको बताएका थिए। त्यस्तै मायावतीले देवबन्दमा मुस्लिमहरूलाई भोट नबाँड्न र एक मुस्ट गठबन्धनलाई दिन आह्वान गरेकी थिइन्। 

मेनकाले अप्रिल ११ मा सुलतानपुरमा मुस्लिमहरूले भोट नदिए पछि कुनै पनि कामको लागि आए सोच्ने बताएकी थिइन्।  अप्रिल १४ मा अजम खानले जयप्रदा माथि नाम उल्लेख नगरी अभद्र टिप्पणी गरेका थिए। 

चुनाव आयोगले सोमबार सर्वोच्च अदालतको आदेश पछि प्रतिबन्ध लगाएको हो। अदालतले सोमबार चुनाव आयोगलाई विद्वेषपूर्ण भाषण दिने नेता माथि कारबाही किन नगरको भनेर स्पष्टीकरण माग गरेको थियो। 

यता भाजपाका यु पी अध्यक्ष महेन्द्र नाथ पाण्डेयले चुनाव आयोगलाई प्रतिबन्ध माथि पुनर्विचार गर्न आग्रह गरेका छन्। 

दोस्रो चरणको चुनावको प्रचारको अन्तिम दिन अप्रिल १६ मा यी चार नेताहरूले चुनावी प्रचार  गर्न पाउने छैनन्। दोस्रो चरणमा युपीका ८ सिटमा चुनाव हुँदै छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell