PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

आइपीएल २०१९ को इमर्जिङ प्लेअर मनोनयनमा सन्दीप, यी हुन् अहिलेसम्मका विजेता



पहिलोपोस्ट

आइपीएल २०१९ को इमर्जिङ प्लेअर मनोनयनमा सन्दीप, यी हुन् अहिलेसम्मका विजेता

काठमाडौँ : नेपाली क्रिकेटर सन्दीप लामिछाने भारतमा भइरहेको १२औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल २०१९) को इमर्जिङ प्लेअरको मनोनयनमा परेका छन्।

युवा लेग स्पीनर सन्दीपले दिल्ली क्यापिटल्सबाट आइपीएल खेलिरहेका छन्। उनले यस सिजन ४ खेल खेलिसकेका छन् र ५ विकेट लिएका छन्।

आइपीएलमा प्रत्येक वर्ष उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीले इमर्जिङ प्लेअरको अवार्ड प्राप्त गर्नेछन्। उक्त अवार्डका लागि बिसीसीआईले केही क्राइटेरिया पनि बनाएको छ। त्यही क्राइटेरियामा रहेर इमर्जिङ प्लेअरको लागि सार्वजनिक गरिएको मनोनयनमा नेपाली युवा खेलाडी सन्दीप पनि पर्न सफल भएका हसन्।

सन्दीपसँगै रोएल च्यालेन्जर्स बैंगलोरका मोहम्मद सिराज, मुम्बई इन्डियन्सका राहुल चाहर, राजस्थान रोएल्सका जोफ्रा आर्चर र राजस्थानकै श्रेयाष गोपाल मनोनयनमा परेका छन्

आइपीएलको आधिकारिक वेवसाइटमा इमर्जिङ प्लेअरको अवार्डका लागि मनोनयमा परेका यी पाँच खेलाडीको फोटो राखेको छ। आफूलाई मन परेको खेलाडीको लागि त्यहाँ भोट गर्न सकिनेछ।

अनलाइनमा प्राप्त भोट र आइपीएलको टेलिभिजन कमेन्टेटरको रोजाईँका आधारमा विजेता छनोट गरिनेछ।

आइपीएलमा इमार्जिङ प्लेअरको मनोनयनमा पर्नका लागि उक्त खेलाडी सन् १९९२ अप्रिल १ पछि जन्मिएको, ५ भन्दा कम टेस्ट क्रिकेट खेलेको, आइपीएलमा २५ भन्दा कम खेल खेलेको, र यसअघि इमर्जिङ प्लेअरको अवार्ड नजितेको हुनुपर्छ।

गत सिजन पनि आइपीएलमा दिल्लीका लागि खेलेका सन्दीपले ३ खेलमा ५ विकेट लिएका थिए। सन्दीपका अहिलेसम्म कूल ७ खेलमा १० विकेट लिएका छन्।

यस सिजन सुरुको दुई खेल बेन्चमा बसेर हेरेका सन्दीपले दिल्लीको तेस्रो खेलमा अवसर पाएका थिए। त्यसपछि सन्दीपले लगातार चार खेल खेले।

सन्दीपले कोलकता नाइट राइडर्स विरुद्ध १, किंग्स एलेभेन पञ्जाव विरुद्ध २ तथा सनराइजर्स हैदरावाद र रोएल च्यालेन्जर्स बैंगलोर विरुद्ध १-१ विकेट लिए। त्यसपछि कोलकता र सनराइजर्स विरुद्धको खेलमा भने सन्दीप पहिलो रोजाईँमा पर्न सकेनन्।

गत सिजन दिल्लकी रिसव पन्तले इमर्जिङ प्लेअर अवार्ड जितेका थिए।

 

यी हुन अहिलेसम्मका विजेता

२००८ : श्रीभाट्स गोस्वामी, बैंगलोर

२००९ : रोहित शर्मा, डेक्कन चार्जर्स

२०१० : शौरभ तिवारी, मुम्बई

२००१ : इक्वाल अब्दुल्ला, कोलकता

२०१२ : मन्दिप सिंह, पञ्जाव

२०१३ : सन्जु सामसन, राजस्थान

२०१४ : अक्सर पटेल, पञ्जाव

२०१५ : श्रेयाष अयेर, दिल्ली

२०१६ : मुस्ताफिजुर रहमान, हैदरावाद

२०१७ : बसिल थम्पी, गुजरात लायन्स

२०१८ : रिसव पन्त, दिल्ली



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell