PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ध्वनी भानुशालीको नयाँ गीतले तोड्यो रेकर्ड



पहिलोपोस्ट

ध्वनी भानुशालीको नयाँ गीतले तोड्यो रेकर्ड

यतिखेर नेपालको यट्युब ट्रेन्डिङको दोस्रो स्थानमा हिन्दी गीत 'वास्ते' देख्न सकिन्छ। गीतलाई गायिका ध्वनी भानुशालीले गाएकी हुन्।

गीतलाई अहिलेसम्म ६ करोड बढीले हेरिसकेका छन्। पछिल्लो समय 'लेजा रे'बोलको गीतबाट चर्चामा आएकी ध्वनिको यस गीतले ७ दिनमा ५ करोड भ्यूज पाउने 'यङ्गेस्ट सिङ्गर'को रेकर्ड तोडेको छ। हिन्दी पप गायनमा उनले यो उपलब्धि हासिल गरेकी हुन्। 

उनले गाएको 'मै तेरी हुँ'लाई पनि दर्शकले अत्याधिक रुचाएका थिए। गीतलाई विनय सपरुले निर्देशन गरेका हुन्। राधिका राओले लेखेको यस गीतको भिडियोमा ध्वनि आफै पनि फिचर्ड छिन्।

तीन दिन अघि सार्वजनिक गरिएका दुई नेपाली फिल्म 'बटरफ्लाइ' र 'कान्छी'लाई पनि पछि पार्दै गीतले ट्रेन्डिङको दोस्रो स्थान ओगटेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell