PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

यस्ता छन् २०७५ मा चलेका दर्जन फोटो

यस्ता छन् २०७५ मा चलेका दर्जन फोटो


साउन ५ गते डा गोविन्द केसीको समर्थनमा भएको आन्दोलनमा सरकारी गाडी तोडफोड भएपछि सुरक्षामा उत्रिएका सुरक्षाकर्मीको यो फोटो चर्चामा रह्यो। 

वर्ष २०७५ मा केही केही फोटो चर्चित बन्यो। विभिन्न घटनामा पहिलोपोस्टले कैद गरेका दर्जन फोटो यस्ता छन्।

 

चैत २५ गते राप्रपाले प्रदर्शनीमार्गमा गरेको धर्नामा भएको झडपबाट जोगिन भाग्दै एक प्रदर्शनकारी।
नुवाकोटको तारुकामा माघ १ गते भएको गोरु जुधाईको कार्यक्रममा भाग लिन ल्याएको गोरुले मान्छे उडाउँदा।
फागु पूर्णिमाका लागि राजधानीको वसन्तपुरमा ठडाइएको चीर।
युएईमा सम्पन्न घरेलु टोलीविरूद्धको एकदिवसीय र टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज जितेर फर्केका नेपाली टोलीलाई रेड कार्पेट स्वागत।
दीपवालीको अवसरमा झिलिमिलि पारिएको विद्युत प्राधिकरणको मुख्य कार्यालय भवन।
जेठ ३ गते तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रबीच राष्ट्रिय सभा गृहमा एकतामा हस्ताक्षर गर्दै नेकपाका अध्यक्षद्वय।
राजधानीको जोरपाटीमा सडकको अवस्था।
भूकम्पमा भत्किएको धरहरालाई प्लास्टिकले छोप्दै।
माघको अन्त्यमा खुलेको काठमाडौं।
भक्तपुरमा असारको अन्तिममा आएको बाढीका कारण जमेको पानी।
पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायतको हेलिकप्टर दुर्घटनामा परी निधन भएको केही दिनपछि टुँडिखेलमा आयोजित श्रद्धाञ्जलीसभा।


ट्रेन्डिङ पोस्ट

Ncell