PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

राजनीति शुद्ध नभएसम्म विकास सम्भव छैन, शुद्ध बनाउने अभियान मैले शुरु गरेको छु : पौडेल 



राजनीति शुद्ध नभएसम्म विकास सम्भव छैन, शुद्ध बनाउने अभियान मैले शुरु गरेको छु : पौडेल 

काठमाडौं: नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा शुद्धता भएपछि मात्र मुलुक सार्थक विकासको बाटोमा अगाडि बढ्ने बताएका छन्। रारा साहित्य प्रतिष्ठानको आयोजनामा संयुक्त रचना वाचन कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले नेपालमा भएको प्राकृतिक सम्पन्नता र सुन्दरताको उपयोगका लागि राजनीतिमा शुद्धता आवश्यक रहेको बताए।

उहाँले राजनीतिलाई शुद्ध बनाउन सत्ता लिप्सा र पैसाको राजनीतिको अन्त्य हुनुपर्ने बताए। पौडेलले भने,‘राजनीतिलाई शुद्ध बनाउनका सत्ता लिप्सा र पैसाको राजनीति अन्त्य हुन जरुरी छ। यही राजनीतिलाई शुद्ध बनाउने अभियान मैले सुरु गरेको छु।’

पौडेलले कर्णालीको प्रकृतिसँग प्रविधि जोड्न सकेमात्र नेपालले विकासको फड्को मार्ने स्पष्ट पारे। उनले भने, ‘कर्णालीको प्रकृतिसँग आज प्रविधि जोड्न जरुरी छ। कर्णालीको प्रकृतिसँग प्रविधि जोड्न सकेमात्र नेपालले विकासको फड्को मार्ने छ।’ उनले युरोपमा देखिने गरेको कृत्रिम सुन्दरता भन्दा धेरै गुणा प्राकृतिक रुपले नेपालको कर्णाली सुन्दर रहेको भन्दै कर्णालीको प्रकृतिका सुन्दरताको नेपालमा पहिचान हुन नसकेको बताए। 

पौडेलले कर्णालीको गर्भमा रहेका धेरै कुरालाई बाहिर ल्याउन नसकेका कारण नेपाल विपन्न भएको स्पष्ट पारे। पौडेलले भने,‘युरोपभन्दा पनि हामी प्राकृतिक रुपमा कर्णाली अगाडि छ। हामीसँग प्राकृतिको सुन्दरता छ, हामीसँग झलझलाउदो हिमाल छ। हामीसँग उर्लेर बग्ने नदी छ। कर्णालीमा पाउने जडीबुटी कहीँ कतै पाउन सकिँदैन। कर्णालीको गर्भमा रहेको कुरा हामीले बाहिर ल्याउन सकेनौ भने हामी सधैँ गरिबको गरिब रहनेछौ। अब कर्णालीको भएका धेरै कुरा बाहिर ल्याउन जरुरी छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell