PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भक्तपुरमा यःसिं ठड्याइयो, ५५ हाते लामो य:सिंमा सेल्फी लिने प्रतिस्पर्धा

भक्तपुरमा यःसिं ठड्याइयो, ५५ हाते लामो य:सिंमा सेल्फी लिने प्रतिस्पर्धा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर : भक्तपुरको प्रसिद्ध बिस्का जात्रा अन्तर्गत चौथो दिन आज ल्योसिङखलमा यःसिं ठड्याइएको छ।

भरैवनाथको प्रतीकका रुपमा तान्त्रिक विधिले पूजा गरेर अष्टमात्रिकाको प्रतीकका रुपमा ८ वटा डोरीले तानेर य:सिं ठड्याइएको हो।

य:सिं ठड्याइएपछि युवाहरुबीच य:सिंमा चढेर सेल्फी लिने प्रतिस्पर्धा नै भएको थियो। सेल्फी लिन पुगेकाहरुलाई स्थानीयहरुको विरोधको सामना गर्नुपरेको थियो।

लिच्छवीहरुले किराँतहरुलाई पराजित गर्दै नेपालमण्डल विजयी गरेपछि य:सिं उठाएर जात्रा गर्ने परम्परा सुरु गरेका थिए। पछि त्यहाँका राजाहरुलाई नाग र नागिनीले दु:ख दिन थालेपछि तिनीहरुलाई मारेर प्रदर्शन गरिएको कथन अनुसार यं:सिमा नाग र नागिनको प्रतीकका रुपमा हलिनपत (धव्जा) यं:सिमा फहराइने गरिएको विश्वास छ।

चैत २७ गते टौमडीबाट  भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु भएको बिस्का ८ रात ९ दिन सम्म चल्छ। चैत २८ गते ग: हिटी पुर्‍याइएको रथलाई मर्मत गरी आजै ल्योसिङखल पुर्‍याइएको छ।

आज ठड्याइएको य:सिं भोली बेलुकी ढालिनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell