PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बस दुर्घटनामा एक जनाको मृत्यु, १० घाइते



बस दुर्घटनामा एक जनाको मृत्यु, १० घाइते

नवलपरासी: पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यविन्दु– १० अरुणखोलामा गए राति भएको सवारी दुर्घटनामा परी बसमा सवार एकको मृत्यु भएको छ।   

बिग्रिएर सडकमा रोकिराखेको ना६ख १६१८ नंको ट्रकलाई सुनौलीबाट काठमाडौं हिँडेको ना६ख २४८१ नं बसले ठक्कर दिँदा सो दुर्घटना भएको हो। दुर्घटनामा परी घाइते भएका तनहुँ सुक्लागण्डकी गापा–२ बस्ने अन्दाजी २३ वर्षका रामु सुनारको उपचारका क्रममा नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी  बसमा सवार १० जना घाइते भएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell