PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

देउवाको ओलीलाई प्रश्न : विखण्डनकारीलाई काखमा राखेर राष्ट्रवादको कुरा गर्ने?



नेत्र तामाङ

देउवाको ओलीलाई प्रश्न : विखण्डनकारीलाई काखमा राखेर राष्ट्रवादको कुरा गर्ने?

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विखण्डनकारीलाई काखमा राखेर सरकारले राष्ट्रवादको कुरा गरिरहेको आक्षेप लगाएका छन्। सरकारले वर्ष दिनमा एउटा पनि काम गर्न नसकेको आरोप लगाउँदै शान्ति सुरक्षाको विषयमा सरकार असफल भएको दाबीसमेत गरे।

'देश टुक्राउने विषयमा जनमत संग्रह हुनै सक्दैन,' देउवाले भने, 'सीके राउतसँग के सहमति गरेको स्पष्ट पार्नुपर्छ। विखण्डनकारीलाई काखमा राखेर राष्ट्रवादको कुरा गर्ने?'

सत्ता बाहिरका दल समर्थित ११ विद्यार्थी संगठनले आयोजना गरेको समसमायिक राजनीति र विद्यार्थी आन्दोलन विषयक गोष्ठीमा बोल्दै देउवले भने, 'हत्या, हिंसा, बलात्कार बढेको छ। महँगी बढेको छ।'

सुदूर पश्चिमको महेन्द्रनगरमा मारिएकी निर्मला पन्तको विषय उठाउँदै सरकारमाथि कडा आक्षेप पनि लगाए उनले। 'सरकारले निर्मलाको बलात्कारीलाई लुकाउने काम गरेको छ,' देउवाले भने। 

उनले एक जिल्लाबाट अर्को जिल्लामा कुखुरा लैजाँदा पनि कर लगाएकोमा कटाक्ष गरे। उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वले हत्या हिंसा छाड्नुपर्ने र सरकारले पनि वार्ताको पहल गर्नुपर्ने बताए। 

हरेक गाविसमा हाइ स्कुल, स्वास्थ्य चौकी २०४८ सालमै कांग्रेस सरकारले घोषणा गरेको स्मरण गर्दै उनले पढाइको स्तर राम्रो हुनुपर्ने बताए। 'हरेक आमाबाउको चाहना छोराछोरीलाई राम्रो पढाउ भन्ने हुन्छ,' उनले भने।

देउवाले चिकित्सा शिक्षामा ठगी भएकाले कारबाही हुनुपर्ने बताए। 

देउवाले संवैधानिक परिषद्मा जान नभ्याउँदा जबर्जस्ती हस्तक्षेप भएको दावी गरे। 'सुरक्षा परिषद्मा सेना उसको नोकर हो?,' देउवा आक्रमक

सुनिए, 'जहाँ पनि हस्ताक्षेपमात्रै। हामीले काम गर्न दिएकै हो।'

उनले अब आन्दोलनमा पार्टीको साथ रहनेसमे उद्घोष गरे।

मोहन वैद्यको ओलीलाई कटाक्ष : जुन गोरुको सिङ छैन उसको नाम तिखे
नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य (किरण)ले मुलुकको स्थिति धेरै गम्भीर रहेको बताएका छन्। मुलुक जटिलतातिर गएको भन्दै उनले संविधान बनेपनि धोकेबाजहरुले धेरैलाई धोका दिएको आरोप लगाए।

सत्ता बाहिरका दल समर्थित ११ विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै किरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उखानबाटै प्रश्न गरे : जुन गोरुको सिङ छैन उसको नाम तिखे? 

'जो कम्युनिस्ट होइनन्। तर, कम्युनिस्ट भन्छन्,' उनले प्रधानमन्त्री ओलीतिर इंगित गर्दै भने, 'यिनीहरु फाँसीवाद दलाल हुन्। उखान टुक्केबाज हुन्।'

किरणले मधेशी आन्दोलन जिउँदै रहेको र थरुहट आन्दोलन बाँकी नै रहेको बताए। उनले आदिवासीको माग ज्यूँकात्यूँ रहेकाले जनवादी क्रान्ति बाँकी नै रहेको बताए। 

सरकारले प्रतिवन्धित घोषणा गरेको नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्दको पार्टीलाई उनले राजनीतिक पार्टी भएको दाबी गरे। 'विप्लव राजनीतिक पार्टीको हो। जनआन्दोलनको बीऊ यहीँ छ,' उनले भने। 

उनले वर्तमान सरकारका कारण कांग्रेस, कम्युनिस्ट र मधेशका दल एकै ठाउँमा भएको बताए।

अब सडकमा साथसाथ : राजेन्द्र महतो
राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले हजारौं सीके राउत जन्माउने धन्दामा सरकार लागेको आरोप लगाएका छन्। उनले पार्टीहरु झगडा गर्नै व्यस्त रहेकाले विद्यार्थीहरुलाई आन्दोलनमा उत्रिन आह्वान समेत गरे।

सत्ता बाहिरका दल समर्थित ११ विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशमा गडबडमात्रै भइरहेको बताए। 'प्रधानमन्त्री ओलीले सब ठीकठाक भनिरहेका छन्,' उनले भने, 'प्रधानमन्त्रीलाई सोध्या छ? त के ठीकठाक छ?

उनले प्रधानमन्त्रीमाथि कडा आक्षेप पनि लगाए। 'झापामा बञ्चरोले टाउको काट्ने सत्तामा रेशम चौधरीलाई चाहिँ आजीवन कारावास,' महतोले भने, 'सीके राउत हजारौं जन्माउने धन्दामा लाग्न भएन नि सरकार।'

उनले मुलुकको भविष्य विद्यार्थीहरु नै भएको बताउँदै यसलाई आन्दोलनको ट्रेलर रहेको बताए। भने, 'पूरै फिल्म देखाउनुस्। अब सडकमा भेटौला।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell