PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

फ्राइडे रिलिजमा दुई नेपाली फिल्मसँगै तीन हलिउड फिल्म भिड्दै



पहिलोपोस्ट

फ्राइडे रिलिजमा दुई नेपाली फिल्मसँगै तीन हलिउड फिल्म भिड्दै

काठमाडौं: यो साता शुक्रबार एकसाथ पाँच फिल्म प्रदर्शनमा आएका छन्। दुई नेपाली फिल्मसँगै तीन विदेशी फिल्म नेपाल प्रदर्शनमा आएका हुन्।

झरना थापा निर्देशित 'ए मेरो हजुर ३' र सम्राट शाक्य निर्देशित 'यात्रा: अ म्यूजिकल भ्लग' एकसाथ प्रदर्शनमा आएका नेपाली फिल्म हुन्। 'ए मेरो हजुर ३'बाट झरनाकी छोरी सुहाना थापाले डेब्यू गरेकी छिन्।

युवा स्टार अनमोल केसीको पनि फिल्ममा मुख्य भूमिका छ। सुनिल कुमार थापा निर्मित फिल्ममा सुहाना र अनमोलसँगै सलोन बस्नेत, रियर राई, अर्पण थापा, रविन्द्र झा, रुपा घिसिङलगायतको अभिनय छ। फिल्ममा हिमाल केसीको द्वन्द्व, कविराज गहतराज, रामजी लामिछाने, प्रवीण सिंह र राहुल शाहको कोरियोग्राफी छ।

 त्यस्तै प्रदर्शनमा आएको 'यात्रा: अ म्यूजिकल भ्लग'मा भने सलिनमान बनियाँ र मलिका महतको मुख्य अभिनय छ। सलिनले यसअघि झरना निर्देशित 'ए मेरो हजुर २'बाट फिल्म क्षेत्रमा डेब्यू गरेका थिए।

'यात्रा: अ म्यूजिकल भ्लग'मा भने उनी भ्लगरको भूमिकामा देखिएका छन्। चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई फिल्मका निर्माता हुन्।

फिल्ममा सलिनमान र मलिकासँगै सलोन बस्नेत, जय नन्द लामा, रेअर राई, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राईलगायतको अभिनय छ।

फिल्मबाट छिमेकी राष्ट्र चीनका जुन झ्याङ्ग र केन्याका बोबीले डेब्यू गर्दैछन्। फिल्ममा संजय लामाको छायाँकन छ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिष शाहको सम्पादन छ।

नेपाल प्रदर्शनमा आएको हलिउड फिल्म 'पेट सिमेट्री' हरर जनराको फिल्म हो। फिल्ममा जेसन, जोन र एमीको मुख्य अभिनय छ। फिल्मलाई केभिन र डेनिसले निर्देशन गरेका हुन्। नील मार्सलले निर्देशन गरेको 'हेलबोई'मा डेभिड हार्वरको मुख्य अभिनय छ।

टीम बुर्टनले निर्देशन गरेको 'डम्बो' फेन्टासी जनरामा बनेको फिल्म हो। यसमा कोलिन फरेल, माइकल केटन र डेनी डेभिटोको अभिनय छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell