PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चुनावी चटारोमा बलिउड सेलेब्रेटी



पहिलोपोस्ट

चुनावी चटारोमा बलिउड सेलेब्रेटी

आजदेखि भारतमा लोकसभाको चुनाव सुरु भयो। ७ चरणमा हुने चुनावमा बलिउड सेलेब्रेटीहरु पनि चुनावी मैदानमा उत्रेका छन्। केही स्वन्तत्र रुपमै उम्मेद्वार बनेका छन् भने केही राजैनीतिक दलबाट प्रतिस्पर्धा गर्दैछन्।

बलिउड अभिनेत्री हेमा मालिनी मथुराबाट चुनाव लड्दैछिन्। भारतीय जनता पार्टीबाट उनी २०१४ मा भएको लोकसभा निर्वाचनमा मथुराबाट विजयी भएकी थिइन्।

भारतीय कांग्रेसबाट रंगीला अभिनेत्री उर्मिला मातोड्कर उत्तरी मुम्बईको निर्वाचन क्षेत्रबाट चुनाव लड्दैछिन्।

'दबंग' कलाकार प्रकाशराज पनि यसपटक स्वतन्त्र रुपमा बेंगलुरु सेन्ट्रल लोकसभा क्षेत्रबाटमा प्रतिस्पर्धा गर्दैछन्।

कमल हसनले पनि निर्वाचन लड्ने घोषणा गरेका थिए। तर उनले अन्तिम समयमा नाम फिर्ता लिए। यद्यपि, स्वराज भारत पार्टीले प्रकाशराज र कमल हसनका पार्टीका उम्मेद्वारलाई सहयोग गर्ने घोषणा गरेका छन्।

वीरे दी वेइडिङ अभिनेत्री स्वारा भास्कर भने युवा नेता कन्हैया कुमारलाई समर्थन गर्दैछिन्।

त्यस्तै हालै  करिब ८ सय कलाकाले भाजपालाई हराउन वक्तव्य जारी गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा स्वराज र सुशासन कायम गर्न नसकेकोले भाजपालाई मत नदिन उनीहरुले अपिल गरेका हुन्।  

अमेठीबाट स्मृती इरानी काग्रेस अध्यक्ष राहुल गान्धी विरुद्ध लड्दैछिन्। उनी एक जमानामा भारतीय टेलिश्रृङ्खला 'क्योंकी सास भी कभी बहू थी'की चर्चित अभिनेत्री थिइन्।

 निर्वाचनका समयमा बलिउड कलाकारहरुले चुनावमा राजनीतिक दललाई समर्थन गर्नु नौलो कुरा भने होइन। विगतमा पनि धेरे बलिउड कलाकारहरु राजनीतिमा जमिसकेका छन्।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell