PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बुकिङको अग्रस्थानमा अनमोल केसी अभिनित 'ए मेरो हजुर ३'



पहिलोपोस्ट

बुकिङको अग्रस्थानमा अनमोल केसी अभिनित 'ए मेरो हजुर ३'

काठमाडौं: शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्मको बुकिङ खुल्ला गरिएको छ। यो साता दुई नेपाली फिल्मसँगै तीन विदेशी फिल्म प्रदर्शनमा आउने भएका छन्।

झरना थापा निर्देशित 'ए मेरो हजुर ३' र सम्राट शाक्य निर्देशित 'यात्रा: अ म्यूजिकल भ्लग' एकसाथ प्रदर्शनमा आउने नेपाली फिल्म हो। बुकिङ खुल्ला गरेसँगै मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्समा 'ए मेरो हजुर ३'लाई ११ सो दिएको छ। त्यस्तै 'यात्रा: अ म्यूजिकल भ्लग'ले भने क्यूएफएक्समा ७ सो मात्र प्राप्त गर्‍यो। त्यस्तै हलिउड हरर फिल्म 'पेट सिमेट्री'लाई ५, 'हेलबोई'लाई ६ र 'डम्बो'लाई ४ सो दिएको छ।

लबिममा 'ए मेरो हजुर ३'को दुई सो नै फिलिङ फास्ट अर्थात हाउसफूल हँदैछ। 

बुकिङ र सोका हिसाबले अनमोल केसी अभिनित 'ए मेरो हजुर ३' अग्रस्थानमा देखिन्छ। फिल्ममा उनीसँगै डेब्यू अभिनेत्री सुहाना थापाको मुख्य अभिनय छ। फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन्।

त्यस्तै 'यात्रा: अ म्यूजिकल भ्लग'मा भने सलिनमान बनियाँ र मलिका महतको मुख्य अभिनय छ। चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई फिल्मका निर्माता हुन्। शुक्रबार दुई नेपाली फिल्मसँगै तीन हलिउड फिल्मको भिडन्त पक्का छ। अब पाँच फिल्ममा कसले बाजी मार्ला त्यो त फिल्म प्रदर्शनपछि नै थाह हुनेछ।

'पेट सिमेट्री'मा जेसन, जोन र एमीको मुख्य अभिनय छ। फिल्मलाई केभिन र डेनिसले निर्देशन गरेका हुन्। नील मार्सलले निर्देशन गरेको 'हेलबोई'मा डेभिड हार्वरको मुख्य अभिनय छ।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell