PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फिल्मका गीतलाई टक्कर दिँदै लोक दोहोरी, स्टारकास्टले पनि उछिन्न सकेन दोहोरी



फिल्मका गीतलाई टक्कर दिँदै लोक दोहोरी, स्टारकास्टले पनि उछिन्न सकेन दोहोरी

  • दुर्गा पंगेनी-

गीत संगीतको ब्यापार गर्ने एकमात्र स्थल जहाँबाट कलाकारले सोझै आफ्नो गीतले गरेको व्यापारको पैसा आफ्नो हातमा बुझ्ने गरेका छन्। त्यो डिजिटल प्लेटफर्म युट्युबमा सिनेमाका गीतहरुको वर्चस्व रहदै आइरहेको थियो तर पछिल्लो समयमा नेपाली पराम्परागत लोक दोहोरी गीतहरुले फिल्मका गीतहरुलाई व्यापारमा उछिनेका छन्।

सिनेमाको गीतमा जस्तो ठुलो स्टारकाष्ट, ठुलो लगानी र प्रमोसनमा हुने ठुलो खर्च बिना नै सानो बजेटका लोक दोहोरी गीतहरुले सिनेमाका गीतलाई व्यापारको मामलामा उछिनेका हुन्। 

युट्युबमा कमाई हुने पैसाको आधार भनेको त्यसमा देखिने विज्ञापन हो।  विज्ञापन त्यही गीतमा बढी बज्छ जुन गीतले दर्शकलाई बढी भन्दा बढी आफूमा अड्याएर राख्न सक्छ। त्यो कन्टेन्टमा भएको ‘टोटल इन्गेजमेन्ट’ले उसको कमाई निर्धारण गर्दछ या नि कि सीधा रुपमा भन्दा जुन गीत लामो समय सम्म हेरिन्छ, जुन गीतको भ्युको लम्बाई बढी हुन्छ उही गीतको कमाई बढी हुन्छ। विज्ञापन राखेका स्थानहरुको मापन र कन्टेन्ट हेरिएको स्थानले पारेको फरक विज्ञापन रेटको असर बाहेक कन्टेन्टको कमाई मापन हुने भनेको भ्यु लेन्थ र त्यसमा बजेको विज्ञापन नै हो। 

फिल्मका गीतहरुले भन्दा लोक दोहोरी गीतहरुले दर्शकलाई झुम्याईरहेको ती कन्टेन्टमा देखिएको दर्शकहरुको उत्साहजनक सहभागितालाई हेर्दा सजिलै थाहा पाउन सकिन्छ।  

अहिले गीतको चर्चा मापनको आधार भनेको सामाजिक संजालमा भएको बहस, अनलाइन पोर्टलहरुमा छापिएका र सेयर भएका समाचार हरु नै हुन् नै त्यो भन्दा बाहेक उक्त कन्टेन्टमा आएका कमेन्ट, त्यहाँ गरिएका लाइक र डिसलाइक संख्याले पनि भिडियो कति लोकप्रिय बन्यो भन्ने कुरा निर्धारण गर्ने गर्दछन्।  

कुनै भिडियोमा लाखौँ भ्यु छ तर त्यसमा अनुपात अनुसारको पब्लिक इन्गेजमेन्ट छैन भने त्यस्ता कन्टेन्टहरुमा रोबोटिक भ्यु कलेक्सन गरिएको हो भन्ने प्रष्टै बुझिन्छ।   हुन त पैसा तिरेर लाइक, कमेन्ट र डिसलाइक बढाउन नमिल्ने होइन तर त्यसो गर्दा विज्ञापनमार्फत हुने प्रत्यक्ष कमाईलाई भने नकारात्मक असर गर्दछ त्यसैले अहिले प्राय लगानीकर्ताहरु फेसबुक बुष्ट तिर आकर्षित भएका छन्।   फेसबुक बुष्टबाट भने अर्गानिक भ्युजहरु आउने गर्दछ।   मान्छेलाई लिंक क्लिक गर्न प्रोत्साहित गरेरै फेसबुकले युट्युब भिडियोको भ्यु बढाउन मद्दत गर्दछ तर यो खर्चिलो हुन्छ।  

पछिल्लो समयमा गीतको लोकप्रियताको मापन गर्न “क्लब पद्दति’ सुरु गरेका छन् कलाकार लगानीकर्ता र संगीत पारखीहरुले।   मिलियन क्लब, करोड क्लब इत्यादि।   पहिला पहिला लाइफ टाइम एक लाख भ्यु गईदिए पनि गीतलाई हिट मान्नुपर्ने अवस्था थियो।   त्यसपछि एकरातमै एकलाख भ्यु गएको गीतलाई हिट मानिन थाल्यो।   चलचित्र छक्कापन्जा लगायतका गीतहरु रातारात दशलाख भ्यु गए त्यसपछि पहिलो चौबिस या अठचालिस घण्टा अथवा पहिलो हप्ता भित्रमा एक मिलियन भ्यु गएको अवस्थालाई मिलियन क्लब प्रवेश भनिन थाल्यो अनि एकदुई महिनामा करोड भ्यु गएपछि करोड क्लब प्रवेशको खुशीमा केक नै काटेर समारोह नै आयोजना गरेर सक्सेस पार्टी मनाउने चलन अहिले चल्न थालेको छ।  

अहिले सम्म धेरै नेपाली गीतहरुले करोड भ्यु कटाएका छन्।   त्यी मध्ये कुनै निकै ठुला बजेटका सिनेमाका गीतहरु छन् भने कुनै सिनेमाका गीतको तुलनामा निकै साना बजेटका लोक दोहोरीहरु रहेका छन्।  

यहाँ आज त्यसरी नै धेरै भ्यु गएका अथवा भ्यु जाने लक्षण देखिएका गीतहरु जुन गीतमा पब्लिक इन्गेजमेन्ट पनि उल्लेख्य रुपमा रहेका छन् ति केहि गीतको बारेमा चर्चा गरौँ। 

आज १०-अप्रिल,२०१९ बिहान १०:३० बजे हामीले युट्युबमा खोज्दा भेटिएका केहि गीतमध्ये जम्मा दश वटा गीतहरुको पब्लिक इन्गेजमेन्टको बारेमा यहाँ चर्चा गरौँ।   करोड क्लबमा धेरै नै आधुनिक गीतहरु पुगेका छन् जसबारे पछी चर्चा गरौँला।

जुलाई-३०,२०१८ मा अपलोड भएको फिल्म छक्का पन्जाको ‘पहिलो नम्बरमा’ बोलको गीत ठुलो स्टारकाष्ट प्रयोग गरेर भब्य रुपमा रिलिज गरियो।   यो गीतको प्रमोसनमा पुरै देशभरका अधिकांश कलाकारहरु लागि परे, ब्यापक बजार ब्यबस्थापनपछि गीतको ब्यापार सुखद् रह्यो।   यो गीतले पहिलो तीस घन्टामा दश लाख भ्यु पायो।   आजको मितिमा यो गीतको कुल भ्यु ३५ मिलियन, जम्मा लाइक संख्या एकलाख चौध हजार, कुल डिसलाइक संख्या सत्रहजार र जम्मा कमेन्ट सात हजार एक सय बत्तीस यसको कुल इन्गेजमेन्ट हुन गएको छ।  

त्यस्तै अक्टोबर ९,२०१८ मा रिलिज गरिएको गीत “पिरिम नलाउने’ ले ३६ मिलियन भ्यु पाएको छ भने यो गीतलाई एक लाक अठ्ठाईस हजारले लाइक गरेका छन्।   चौध हजार डिसलाइक पाएको यो गीतमा चार हजार एक सय सतहत्तर जनाले कमेन्ट गरेका छन्।  

त्यस्तै निकै चर्चाको शिखरमा रहेको गीत “ठमेल बजार” अक्टोबर २१,२०१६ मा रिलिज भएको थियो।  यो गीतले पनि २८ मिलियन भ्यु पाएको छ।   यो गीतमा ८४ हजार लाइक, आठ हजार एक सय डिसलाइक र पाँच हजार आठ ७९७ कमेन्ट  आएका छन्।  

जुलाई २०,२०१७ मा रिलिज भएको अर्को निकै बिबादित गीत “नसमाउ नाडीमा” पनि २८ मिलियन भ्युका साथ् करोड क्लबमा रहेको छ।   यसले ८८ हजार लाइक, १६ हजार डिसलाइक र पांच हजार २०५ कमेन्ट कमाएको छ।  

२०१९ साल लागेपछि रिलिज भएको मह संचारको निकै लोकप्रिय गीत ‘भिजिट भिषामा’ पनि १५ मिलियन भ्यु पाएको गीत हो।   यो गीतले ८४ हजार लाइक सात हजार डिसलाइक र पांच हजार ६६८ कमेन्ट पाएको छ।  

अब हामी केहि लोकगीत हरुलाई हेरौं।   लोक गीतहरुमा करोड क्लबमा प्रवेश गरेको पहिलो गीत कुन हो यकिन तथ्यांक छैन त्यसैले कुनै गीत छुटेको भए उक्त गीत प्रति अन्याय हुन सक्छ।   यहाँ चर्चा गर्न खोजिएको पहिलो लोक गीत भने नोभेम्बर १५,२०१६ मा रिलिज भएको वसन्त थापाको लय र राजन गुरुङ र देबी घर्तीको आवाजमा रहेको ‘उही खोलामा पानी’ भन्ने गीतले १२ मिलियन भ्यु प्राप्त गरेको छ।   त्यो गीतमा बयालीस हजार लाइक, छ हजार डिसलाइक र २,४२५ कमेन्टहरु आएका छन्।  

सेप्टेम्बर १७,२०१८ मा रिलिज भएर लोक दोहोरीको क्षेत्रमा तहल्का मच्चाएको अर्को गीत ‘सालको पात टपरी हुनी’ वसन्त थापाकै लय रहेको उक्त गीतले ४० मिलियन भ्यु पाएको छ भने अहिले सम्मका अन्य गीतको तुलनामा दुई लाख लाइक प्राप्त गरेको छ।   २४ हजार डिसलाइक पाएको गीतमा एघार हजार ५५६ जनाले कमेन्ट गरेका छन्।  

फरवरी-१३, २०१९मा युट्युब मा आएको ‘लालुमै’ गीत जसमा शिव हमालको शब्द र लय रहेको छ त्यो गीत पनि छोटो अन्तरालमा करोड क्लब प्रवेश गरेको छ।  बिष्णु माझी र  सन्दिप न्यौपानेको स्वर रहेको यो गीतमा भर्खरै दश मिलियन भ्यु पुगेको हो।   ७६ हजार लाइक, छ हजार चारसय डिसलाइक र छ हजार तिना सय पचास कमेन्ट का साथ् यो गीत अहिले चर्चाको शिखरमा रहेको छ।  

मे-१७,२०१८मा रिलिज भएर निकै चर्चा कमाएको प्रकाश सपुतको गीत ‘बोलमाया’ पनि १० मिलियन भ्यु पुरा गरेर करोड क्लबमा प्रवेश गरेको छ।   निकै सह्राहना भएको उक्त गीतमा अग्रज गायक नारायण रायमाझी र शान्ति श्री परियारको स्वर रहेको छ।   उक्त गीतले पनि एक लाख बाईस हजार लाइक, सात हजार छ सय डिसलाइक र १४,९७० कमेन्ट प्राप्त गरेको छ।  

त्यस्तै अस्ति चार दिन अगाडी मात्र रिलिज भएको प्रकाश सपुतकै अर्को फरक धारको गीत ‘दोहोरी ब्याटल’ (यो गीत करोड क्लबमा प्रवेश गरेको छैन) पनि इन्गेजमेन्टका हिसावले छिटै नै करोड क्लबमा प्रवेश गर्ने लक्षण देखाई रहेको छ।   जम्मा जम्मी ३० लाख भ्यु जाँदा मात्रै यो गीतले एक लाख तीन हजार लाइक, एघार हजार डिसलाइक  र ८,७८२ कमेन्ट प्राप्त गरिसकेको छ।   करोड भ्यु पुग्ने समय सम्ममा यो गीत सबै भन्दा बढी इन्गेजमेन्ट कमाउने गीत पनि बन्ने लक्षण् देखिएको छ।  

यद्यपि यो गीतको बारेमा धेरै आलोचनाहरु भएका छन्।   लोक तथा दोहोरी गीत प्रतिष्ठानमा आवद्द रहेर प्रकाश सपूतले दोहोरीको मर्म बिपरित ‘ब्याटल’ गीत बजारमा ल्याएको र यो नेपाली लोक दोहोरी परम्पराको बर्खिलाप रहेको कुरा आलोचक हरुले गर्ने गरेका छन्। भ्यु र इन्गेजमेन्ट को हिसाबले भने यो गीतले युट्युबमा ईतिहास नै बनाउने लक्षण देखाएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell