PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

आफ्नै शब्द र संगीतमा सुगम पोखरेलले गाए 'कर्णाली'



पहिलोपोस्ट

आफ्नै शब्द र संगीतमा सुगम पोखरेलले गाए 'कर्णाली'

फिल्मका प्रेम भावका गीतहरुमा स्वर भर्न व्यस्त छन् गायक सुगम पोखरेल। पप आधुनिक विधाका गीतका लागि चर्चित उनले नयाँ गीत सार्वजनिक गरेका छन्। 'कर्णाली' बोलको लोकपप गीत भिडियोसहित रिलिज गरेका हुन्।

सुदूरपश्चिमको परिवेश झल्किने उक्त गीत एल्बम 'स्वेत हंशिनी'मा समावेश रहेको छ। गीतमा सुदूरपश्चिमकै परिवेशलाई आधार बनाएर आफै शब्द संकलन तथा लेखन गरेका हुन्। संगीत पनि सुगम स्वयंकै छ भने संगीत संयोजन मोहित मुनालले गरेका हुन्।

पूर्व पश्चिम सांगीतिक यात्राका क्रममा आफैले खिचेका फुटेजहरु भिडियोमा प्रयोग गरिएको छ। जसका लागि छायांकनमा साथ रह्यो सर्वदेव सिग्देलले। भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन्।

'स्रोतालाई केही फरक दिने उद्देश्यले यो गीत रचेको हुँ। मैले गाउँदै आएको पप र फिल्मका गीतहरु भन्दा फरक प्रयास स्रोताले मन पराउने आशा छ', सुगमले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell