PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

के कमब्याकको तयारीमा छन् यी चार भाइ?



पहिलोपोस्ट

के कमब्याकको तयारीमा छन् यी चार भाइ?

काठमाडौं : हालै अभिनेता राजेश हमालले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ फिल्म गर्ने जानकारी दिएका थिए। उनले फेसबुक स्टाटसमा लेखेका थिए 'अब फिल्म खेल्नुपर्ला।'

राजेशको कमब्याकलाई लिएर दर्शक उत्साहित बनेका छन्।

राजेशले स्टाटस राखेको केही दिनमै अभिनेता रमित ढ्ङ्गानाले फेसबुकमा राजेशसँग खिचेका तस्विर राख्दै लेखेका छन् 'हामी चार भाइ'। तस्विरमा राजेश र रमितसँगै बिराज भट्ट र निखिल उप्रेती थम्स अप पोजमा देखिन्छन्।

एक समयका चर्चित यी कलाकारहरु नयाँ फिल्म गर्ने तयारीमा त होइनन्?

राजेश र निखिलले त सन् २००४ मा सुपरहिट फिल्म 'हामी तीन भाइ'मा अभिनय गरेका थिए। फिल्ममा उनी दुईसँगै स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको अभिनय थियो। 

तर, पछिल्लो समय रमित, बिराज, राजेश र निखिलका कमब्याक खासै प्रभावकारी हुन सकेन। बिराज त भोजपुरी फिल्महरु मै व्यस्त रहे। निखिलले 'किङ', 'राधे', 'रुद्र', 'पिंजडा ब्याक अगेन'बाट कमब्याक हुन खोजे। तर उनका कमब्याक असफल नै रहे। 'बुद्ध बर्न इन नेपाल'ले पनि रमितलाई खासै चर्चामा ल्याएन।

हाल, टेलिभिजन सो 'को बन्छ करोडपति' संचालन गर्दै आएका राजेश पनि फिल्मबाट टाढा नै देखिन्छन्।

के अब यी चारले आफ्ना फ्यानहरुलाई नयाँ फिल्म दिँदैछन्। रमितको फेसबुक स्टाटसले यस्तै संकेत गरेको छ। एक समयका चर्चित यी कलाकारको कमब्याक कस्तो होला? 

उनीहरुका फ्यान नयाँ फिल्मको प्रतीक्षामा छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell