PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सरकारी महत्त्वाकांक्षी परियोजनामा आएन लगानी प्रतिबद्धता, कतिपय प्रतिबद्धता सञ्चालनमा आइसकेका परियोजनामा



सविन मिश्र

सरकारी महत्त्वाकांक्षी परियोजनामा आएन लगानी प्रतिबद्धता, कतिपय प्रतिबद्धता सञ्चालनमा आइसकेका परियोजनामा

काठमाडौं: रेल, विमानस्थलजस्ता परियोजनाहरु सोकेस गरिए पनि लगानी सम्मेलनमा अधिकांश प्रतिवद्धता जलविद्युत र सोलार पावरका लागि आएको छ। अहिले प्रतिबद्धता भनेर हस्ताक्षर गरिए पनि कतिपय परियोजना पहिलेदेखि नै सञ्चालनमा आइसकेका पनि छन्।

७७ परियोजनाहरु सोकेस गरिएको सम्मेलनमा करिव १६ वटामा लगानी प्रतिबद्धता आएको छ। कतिपय प्रतिबद्धता सोकेस नगरिएका परियोजनाहरुमा समेत छ।


दुई दिनसम्म चलेको सम्मेलनमा करिव ६०० जना विदेशी लगानीकर्ता डाकिएको थियो। सम्मेलनमा चौधरी समूह र सर्राफ समूह मल्टिपर्पोज सेन्टरका लागि प्रतिबद्धता आएको छ।

यसबाहेक चौधरी समूह र स्काइ पावरसँग ६०० मेगावाट सोलार पावर उत्पादन गर्ने, सिजी र टर्कसेलको फाइभजीका लागि प्रतिबद्धता आएको छ। यसैगरी अरुण तेस्रोमा नेपाली बैंक र भारतीय एसजेभियनसँग समझदारी भएको छ।

सिजी र प्रदेश नंम्बर २ सँग सोलार पावर, माथिल्लो त्रिशुली जलविद्युत आयोजनाका लागि कोरियाली कम्पनीसँग समझदारी भएको छ। यसैगरी कालिगण्डकी गर्ज आयोजनाका लागि पनि प्रतिबद्धता आएको छ।

बारा सेज, हिमालयन बुटिक रिसोर्ट, गैरआवासीय फण्ड, वयर हाउस निर्माण गर्न निम्बस समूहको समेत प्रतिबद्धता छ। म्यानमारका कन्ट्रक्टर र नेपालको निर्माण ब्यवसायी महासंघ सहकार्य गर्ने समझदारी भएको छ।

आइबिएन इन्भेष्टमेन्ट बोर्ड साउथ अफ्रिकाबीच सहकार्यका साथै मुथुत फाइनान्स र युनाइटेड फाइनान्सको लगानी प्रतिबद्धता आएको छ।

अपी पावरका जलविद्युत, सौर्य र बायु उर्जाका साथै डोल्मा फण्डको १५० मेगावाटको सोलार घोषणा गरेको छ।

सरकारले प्राथमिकतामा राखेको रेल, विद्युतीय रेललगायतमा कुनै पनि प्रतिबद्धता आएन। साथै कुनै पनि विमानस्थल निर्माणका लागि प्रतिबद्धता आएन। 

प्रतिबद्धता जाहेर गर्ने कार्यक्रममा प्रधानमन्त्री भने अनुपस्थित थिए। अर्थमन्त्री डा. युवराज खतिवडा, नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित थिए। लगानी वोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानी सम्मेलन फलदायी भएको बताए।

करिब डेढ दर्जन परियोजना अगाडि बढाउने प्रतिबद्धता आए पनि कति रकमको प्रतिबद्धता गरिएको हो खुलाइएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell