PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

लगानी सम्मेलनको तयारी पूरा भएको अर्थ मन्त्रीको दाबी, भने : लगानीकर्ताबीच नेटवर्किङको मौका



बीपी साह

लगानी सम्मेलनको तयारी पूरा भएको अर्थ मन्त्रीको दाबी, भने : लगानीकर्ताबीच नेटवर्किङको मौका

काठमाडौं : शुक्रबारबाट हुन लागेको तेस्रो लगानी सम्मेलनको तयारी पूरा भएको जानकारी अर्थमन्त्री डाक्टर युवराज खतिवडाले दिएका छन्।

अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी अर्थमन्त्री खतिवडाले यो तेस्रो लगानी सम्मेलन भएको जानकारी गराए। सम्मेलनको तयारी पूरा भएको जानकारी दिँदै उनले सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजना छलफलमा रहने बताए।

सम्मेलनमा ६ सयभन्दा बढी लगानीकर्ताहरुको सहभागिता हुने पनि उनले जानकारी गराएका थिए।

‘लगानी सम्मेलनलाई उत्सवको रुपमा मनाउन चाहेका छौं। नेपालमा सम्भावित योजना छन्। त्यहाँ लगानी गर्दा कस्तो प्रतिफल आउँछ? ती विषयमा कानूनी बाटो र व्यवहारिक समस्या हल गर्ने बाटो पनि लगानी सम्मेलन हो,’ अर्थमन्त्री खतिवडाले भने, ‘यसअघि भएको लगानी सम्मेलनका उपलब्धीहरुलाई अगाडि बढाउँदै यो सम्मेलन गरिएको छ।’

यसअघि पूर्व तयारी भएका योजनाहरुको एमओयु समेत हुने जानकारी उनले दिए।

‘स्वदेश लगानीकर्ता र विदेशी लगानीकर्ताबीच नेटवर्किङ गर्ने काम पनि लगानी सम्मेलनबाट हुनेछ,’ अर्थमन्त्री खतिवडाले भने, ‘सरकारको भूमिकाका लगानीकर्ताका विषयलाई सहज बनाइदिने हुनेछ।’

स्वदेशी अथवा विदेशी लगानीकर्तालाई ऋण लगायतका विषयमा परामर्श पनि हुने अर्थमन्त्रीले जानकारी दिए। सम्मेलनमा कूटनीतिज्ञहरु पनि सहभागी हुने जानकारी दिँदै अर्थमन्त्री खतिवडाले लगानी सम्बन्धी कतिपय कानूनहरु बनेको बताए।

‘केही कानून बनेको छ। नियमावली बनाउन बाँकी छ। केही महिनाभित्रै लगानी सम्बन्धी नियमावलीहरु बनाउने छौं,’ अर्थमन्त्री खतिवडाले भने, ‘यसप्रति सरकारले चासो दिएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell