PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कर्णालीको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ: प्रम ओली 



कर्णालीको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ: प्रम ओली 

काठमाडौंःप्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई  सरकारले उच्च प्राथमिकतमा राख्ने बताएका छन्।


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कर्णाली प्रदेशका संसदहरुसँग आज सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्।


प्रधानमन्त्री ओलीले गत बर्षको बजेट बिनियोजनमा कर्णालीका महत्वपूर्ण योजनाहरु छुटेको बताउंदै यसपाली कर्णालीलाई प्राथमिकतामा राखिने बताएका हुन्। “गत वर्ष कर्णाली प्रदेशका जिल्लालाई योजना र बजेट दिन छुटेको सही हो तर यसपाली त्यो क्रम दाहोरिदैन,” प्रधानमन्त्री ओलीले भने, “सरकारले कर्णाली प्रदेशको विकासलाई उच्च प्राथमिकतामा राख्दछ।”


प्रधानमन्त्री ओलीले जनसंख्याका आारमा मात्र स्रोतको परिचालन भन्ने कुरा जायज नभएको दाबी गरे। “कर्णालीको भूगोलको विशिष्टता बेग्लै छ” प्रधानमन्त्री ओलीले भने, “यस भूगोललाई विशेष रुपमा बजेट विनियोजन गरेर विकासको मूल प्रवाहमा ल्याउनु पर्दछ।”


कर्णाली सम्भावनायुक्त प्रदेश भएकोले देशको विकास र समृद्धिमा यस प्रदेशको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताए। “यहाँको खनिज, जलस्रोत, जडिबुटीको उपयोगका लागि पनि यस प्रदेशको विकासमा सबैको ध्यान जानु जरुरी छ।”


प्रधानमन्त्री ओलीले कर्णालीको समग्र विकास र जिल्लागत विकासका आयोजनाहरुको विवरण वैशाखको पहिलो हप्ताभित्र आफूलाई र सम्बन्धित मन्त्रालयलाई उपलब्ध गराउन सांसदहरुलाई निर्देशन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell