PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

अफगानिस्तान विरुद्धको खेलको लागि नेपाली टोलीमा एक परिवर्तन, सान्त्वना जित हात पार्ने लक्ष्यमा दुवै टोली



पहिलोपोस्ट

अफगानिस्तान विरुद्धको खेलको लागि नेपाली टोलीमा एक परिवर्तन, सान्त्वना जित हात पार्ने लक्ष्यमा दुवै टोली
file photo

काठमाडौँ : एएफसी यू-२३ च्याम्पियनसिप क्वालिफायर अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ। कतारमा भइरहेको क्वालिफायर अन्तर्गत अफगानिस्तानविरुद्धको खेलको लागि नेपाली टोलीमा एक परिवर्तन गरिएको छ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले कतार विरुद्ध खेलेको टोलीमा एक खेलाडी परिवर्तन गर्दै पहिलो रोजाईँमा खेल्ने टोलीको नाम सार्वजनिक गरेका छन्। जसअनुसार मिडिफल्डर गौरव बुढाथोकीको स्थानमा विश्वास श्रेष्ठलाई राखिएको छ।

गौरवले यसअघिको दुवै खेल पहिलो रोजाईँमा खेलदेका थिए। यसअघिका खेलमा वैक्लपिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका विश्वास पहिलो पटक पहिलो रोजाईँमा परेका हुन्।

नेपाल र अफगानिस्तानलेर् यसअघिका दुवै खेलमा हार बेहोरेका कारण आजको खेल प्रतिष्ठाको लागि हुनेछ। दुवै टोली सान्त्वना जितको खोजीमा छन्।

नेपाल पहिलो खेलमा ओमानसँग १-० र दोस्रो खेलमा कतारसँग ५-० ले पराजिपत भएको थियो।

अफगानिस्तान पहिलो खेलमा कतारसँग २-० र दोस्रो खेलमा ओमानसँग २-१ ले पराजित भएको थियो।

नेपाल र अफगानिस्तानबीचको खेल नेपाली समयअनुसार राती ९:४५ बजे कतारको दोहास्थित एस्पायर ५ ग्राउण्डमा सुरु हुनेछ।

यसअघिका दुवै खेल जितेका कतार र ओमानबीच समूह विजेता बन्नको लागि खेल हुनेछ।

 

पहिलो रोजाईँमा खेल्ने नेपाली टोली

गोलकिपर : अर्पण कार्की

डिफेण्डर : अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजवंशी र कमल श्रेष्ठ

मिडफिल्डर : तेज तामाङ, नितिन थापा, सुनील बल र विश्वास श्रेष्ठ

फरवार्ड : विमल घर्तीमगर र अन्जन विष्ट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell