PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेपाल एथ्लेटिक्स संघको निर्वाचन चैत २४ गते, तोकिएको समयमा निर्वाचन नगरे नेपालले अन्तर्राष्ट्रिय स्तरमा सहभागि हुन नपाउने चेतावनी



पहिलोपोस्ट

नेपाल एथ्लेटिक्स संघको निर्वाचन चैत २४ गते, तोकिएको समयमा निर्वाचन नगरे नेपालले अन्तर्राष्ट्रिय स्तरमा सहभागि हुन नपाउने चेतावनी

काठमाडौँ : नेपाल एथ्लेटिक्स संघको निर्वाचन यही चैत २४ गते हुने भएको छ। आठ महिनाअघि नै हुनुपर्ने संघको निर्वाचन आन्तरिक विवाद र एसियन गेम्सको समय परेका कारण हुन सकेको थिएन।

मंगलबार युथ एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा स्वर्ण जितेका अजित कुमार यादवको सम्मान कार्यक्रममा संघका अध्यक्ष राजिव विक्रम शाहले साधारण सभा चैत २४ गते काठमाडौँमा गर्ने जानकारी दिएको हो।

संघले तोकिएको समयमा निर्वाचन गर्न नसकेको भन्दै एसिएन एथ्लेटिक्स एसोसिएसन एएएले यही मार्च १५ तारिखमा युवा तथा खेलकुद मनत्रालयलाई पत्र पठाउदै एथ्लेटिक्स संघले एक वर्षदेखि साधारण सधा र निर्वाचन नगरेको भन्दै मन्त्रीको ध्यान आकर्षण गराएको छ।

साथै संघका अध्यक्ष शाह र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवलाई समेत सिसि गरिएको उक्त पत्रमा भनिएको छ, एथ्लेटिक्स संघले चाँडो भन्दा चाँडो निर्वाचन नगरेमा नेपालले आइएएएफ र एएएको सदस्यता वापत पाउने सबै सुविधा काटिनेछ र नेपालले कुनै पनि अन्तर्राष्ट्रिय, क्षेत्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछैन। साथै यही अप्रिलमा कतारमा हुने कंगेस र एसियन च्याम्पियनसिपमा पनि सहभागिता जनाउन पाउने छैन।'

एसियन एथ्लेटिक्स च्याम्पियनसिप अप्रिल २२ देखि २४ तारिखसम्म कतारमा हुँदैछ र त्यही बेला एसियन कंग्रेस पनि हुनेछ।

एथ्लेटिक्स संघका अध्यक्ष शाले एएएले चेतावनीसहितको पत्र मन्त्रालयलाई लेखिसकेकोले यसलाई मध्यनजर गर्दै साधारण सभा र निर्वाचनको घोषणा गरेको बताए। उनले कतारमा हुने च्याम्पियनसिप र कंग्रेसमा पनि नेपालबाट सहभागि हुने निर्णय गरेको सुनाए। तर त्यो कंग्रे अगाडि नेपालले साधारण सभा निर्वाचन गरिसक्नुपर्ने बाध्यात्मक स्थित हाम्रो सामु छ।' शाहले भने। उनले साधारण सभा अघि विधान अनुसार गर्नुपर्ने जिल्ला शाखाहरुको निर्वाचन भन गरिसकेको जानकारी दिए। एथ्लेटिक्स संघको ३९ जिल्लामा शाखा रहेको छ।

एसियन एथ्लेटिक्स एसोसिएसनले मन्त्रालयलाई पठाएको पत्र:

शाहको नेतृत्वमा संघले चार वर्षको कार्यकाल २०७५ साल साउनमै पूरा गरिसकेको थियो। त्यसपछि संघले २०७५ साल साउन २९ मा चितवनको सौराहमा साधारण सभा र निर्वाचन गर्नको लागि राखेपसँग स्‍वीकृती माग गरेपनि एसियन गेम्सको कारण साधारण सभा नगराउनु भन्ने निर्देशन आएकोले तोकिएको समयमा निर्वाचन हुन नसकेको शाहले बताए।

यसअघि सांसद रहेका कारण संघमा चाहेजती समय दिन नसकेको स्वीकार गर्दै त्यसका लागि संघकै पदाधिकारीलाई जिम्मेवारी दिएको उनले बताए।

शाहले एथ्लेटिक्स संघ पछिल्लो चार वर्ष सुतेर बसेको आरोपको खण्डन गरे। उनले राजनीतिकमा लाग्नु परेको र विभिन्न कारणले गर्दा चाहेको काम गर्न नसकेको बताए। 'हामी सुतेर बसेका छैनौँ। सुतेर बसेको भए हामीले यो चार वर्षमा यति सफलता हात पार्ने थिएनौँ।'

साथै उनले सरकारको खेलकुद निति स्पष्ट नभएका कारण कर्पोरेट हाउसहरु पनि खेलकुदमा खुलेर आउन नपाएको बताए।

शाहले अहिले नेपाली खेलकुदमा राजनीति हावी भएको भन्दै त्यसलाई कम गर्दै खेलकुदलाई विकास गर्नुपर्ने बताए। 'खेलकुदमा राजनीति हावी भएको छ। अब यसलाई घटाउँ। हाम्रोलाई भन्दा राम्रोलाई दिउँ। राजनीतिक भन्दा खेलकुद बुझेको मानिसलाई खेलकुदमा ल्याउँ।'

उनले प्रशिक्षक, अम्पाएर, रेफ्री लगायतलाई पनि आवश्यक तालिम दिनुपर्ने अपग्रेड गर्नुपर्ने बताए। यस्तै ट्रनिङको लागि एथ्लेटिक्स ट्रयाकहरु पनि आवश्कय रुहेको सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell