PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

स्वर्ण विजेता अजित यादवलाई एथ्लेटिक्स संघको सम्मान, मोटरसाइकल उपहार



पहिलोपोस्ट

स्वर्ण विजेता अजित यादवलाई एथ्लेटिक्स संघको सम्मान, मोटरसाइकल उपहार

काठमाडौँ : हङकङमा सम्पन्न तेस्रो युथ एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका अजित कुमार यादवलाई नेपाल एथ्लेटिक्स संघले सम्मान गरेको छ।

संघले मंगलवार राजधानीमा सम्मान कार्यक्रम आयोजना गर्दै ३ हजार मिटर दौडमा स्वर्ण जितेका अजितलाई टिभिएस मोटरसाइकलको चावी हस्तानतरण गरेको हो।

यस्तै अजितको प्रशिक्षक धनीराम चौधरीलाई नगद १ लाख प्रदान गर्ने निर्ण गरेको छ। पारिवारिक कारणले धनिराम भने उपस्थित थिएनन्।

यसअघि नै प्रदेश २ सरकारले सप्तरी राजविराजका अजितलाई नगद ५ लाख प्रदान गर्ने घोषणा गरिसकेको छ।

यस्तै होटल अन्नपूर्णले अजितलाई एक वर्षको लागि जिम र स्वीमिङ सेवा निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ।

संघका अध्यक्ष राजिव विक्रम शाहले विभिन्न समस्याका बावजुत पनि अजित यादवले नेपालको लागि स्वर्ण जितेको भन्दै प्रशंसा गरे। 'उ हाम्रो आजको स्टार हो। अजितले हाम्रो शिर उचो बनाउने काम गर्यो।'

स्वर्णधारी अजितलाई मंगलवार विभिन्न कर्पोरेट हाउसले पनि एक वर्षसम्मका लागि मासिक नगद दिने घोषणा गरेको छ।

नविल बैंक, गोल्छा अर्गनाइजेसन, गोल्डस्टार सु, जावलाखेल ग्रुप र होटल अन्नपूर्णले १२-१२ गरी मासिक ६० हजार अजितको बैँक खाता जम्मा गर्ने निर्णय सम्मान कार्यक्रममै घोषणा भएको छ।

'हामीले यो ६० हजार उनको खातामा जम्मा गरिदिन्छौँ। यो एक वर्ष सम्मको लागि हो। अझै मेहनत गरेर थप सोलता हात पारेमा हामी आगामी दिनमा पनि सहयोग गर्दै जानेछौँ।' नविल बैँकका सिइओ अनिल केशरी शाहले भने।

स्वर्णधारी अजितले यस्तो सम्मानले आगामी दिनमा अझै राम्रो प्रदर्शन गर्न हौसला मिल्ने बताए। 'मलाई अहिलेसम्म घरबाट बुबाले डाइटका लागि सहयोग गर्नेहुनथ्यो। अब मैले मागिरहन परेन। यसैबाट आफ्नो करियरलाई अगाडि बढाउन सहयोग हुन्छ।' अजितले सुनाए।

उनले निकै मेहनत र संघर्क्ष गरेको स्वर्ण पदक जित्न सफल भएको बताए।

'म प्रतिस्पर्धा गर्न जाँदा नै पदक जित्छु भन्न थियो तर स्वर्ण नै जितिएला भन्ने थिएन। स्वर्ण जित्दा चाँही म एकदमै खुशी भएँ।'

अजितले नेपालमा ट्रेनिङ गर्ने उपयुक्त स्थान नभएको र पूर्वाधारहरु हुने हो भने अझै नयाँ प्रतिभाहरु पनि जन्मने बताए।

संघका अध्यक्ष शाहले एथ्लेटिक्स संघ पछिल्लो चार वर्ष सुतेर बसेको आरोपको खण्डन गरे। उनले राजनीतिकमा लाग्नु परेको र विभिन्न कारणले गर्दा चाहेको काम गर्न नसकेको बताए। 'हामी सुतेर बसेका छैनौँ। सुतेर बसेको भए हामीले यो चार वर्षमा यति सफलता हात पार्ने थिएनौँ।'

अजितको सम्मान कार्यक्रममा एफएनसिसिआईका अध्यक्ष भवानी राणा, व्यवसायी शेखर गोल्छा, बैँकर अनिल केशर शाह लगायतको उपस्थिती थियो। उनीहरुले अजितको सफलता सुरुवात मात्र भएको र यसले देशलाई नै प्राउड बनाएको बताए। यस्तै खेलकुदले नेशलाई नै एकताका बाँध्ने भएकोले कर्पोरेट हाउसहरुले पनि यस्ता प्रतिभालाई प्रोत्साहन र सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell