PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भारतमा लोकसभा निर्वाचन: भाजपाले टिकट नदिएपछि शत्रुघन सिन्हा काँग्रेस प्रवेश गर्ने चर्चा



भारतमा लोकसभा निर्वाचन: भाजपाले टिकट नदिएपछि शत्रुघन सिन्हा काँग्रेस प्रवेश गर्ने चर्चा
विपक्षी गठबन्धनको र्‍यालीमा सम्बोधन गर्दै सिन्हा, फोटो: सिन्हाको ट्वीटर

नयाँ दिल्ली : भारतीय अभिनेता तथा सत्ताधारी भारतीय जनता पार्टीका नेता शत्रुघन सिन्हा यही हप्ता भारतीय कांग्रेस प्रवेश गर्ने टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।

बिहारमा काँग्रेसको निर्वाचन प्रचारको अगुवाई गरिरहेका अखिलेश प्रसाद सिंहले सिन्हा काँग्रेस प्रवेश गर्ने विषयको पुष्टि गरेको जनाइएको छ।   

गत लोकसभा निर्वाचनमा बिहारको पटना सहिबबाट सांसद बनेका उनलाई यसपटक टिकट दिइएको थिएन। उनको स्थानमा भाजपाले रवि शंकर प्रसादलाई टिकट दिएको थियो।

भाजपा र प्रधानमोदी नरेन्द्र मोदी विरुद्ध बोल्दै आएका सिन्हालाई यसअघि नै पार्टीबाट निस्कासन गर्ने हल्ला चलेको थियो। यस्तै उनी निर्वाचन अघि नै काँग्रेस प्रवेश गर्ने बताइएको थियो।

भाजपाले टिकट नदिएपछि उनको काँग्रेस प्रवेशको सम्भावना बढेको हो।

सिन्हाले आज राहुल गान्धीको गरिबहरुलाई वार्षिक ७२ हजार दिने घोषणाको स्वागत गर्दै ट्वीटसमेत गरेका छन्।

 

केही समयअघि काँग्रेस, आम आदमी पार्टी, त्रिणमुल काँग्रेस, समाजवादी पार्टी लगायत विपक्षी गठबन्धनले पश्चिम बंगालमा गरेको आम सभामा समेत शत्रुघन सहभागी भएका थिए। भारतीय चलचित्र क्षेत्रमा छुट्टै छाप बसाउन सफल शत्रुघनलाई 'बिहारी बाबु' का नामले चिनिन्छ। 

काँग्रेस प्रवेशसँगै उनी विहारबाटै लोकसभा निर्वाचनमा काँग्रेसबाट निर्वाचन लड्न सक्ने बताइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell