PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

चीनमा जायन्ट बुद्धको मूर्ति मर्मत हुँदै, अप्रिलबाट पर्यटकका लागि खुल्ला गरिने



चीनमा जायन्ट बुद्धको मूर्ति मर्मत हुँदै, अप्रिलबाट पर्यटकका लागि खुल्ला गरिने
फोटो: CGTN

सिचुआन : चीनको सिचुआन प्रान्तमा विश्व सम्पदा सूचीमा सूचीकृत लेसहन जायन्ट बुद्धको मूर्तिको मर्मतको काम सकिन लागेको छ।

ढुंगाबाट निर्मित बुद्धको सबैभन्दा विशाल मूर्ति हेर्न लाखौं पर्यटक समुन्द्री मार्ग हुँदै त्यहाँ पुग्ने गर्छन्।

मर्मतका क्रममा मूर्तिको तापक्रम, पानी बहने माध्यमलगायतका अवस्था थाहा पाउन चारवटा डिटेक्टर राखिएको छ।

रातो रंगको बलौटे ढुंगाबाट निर्मित सो मूर्ति करिब १३ सय वर्ष अघि बनेको बताइन्छ।

सन् १९९६ मा विश्व सम्पदा सूचीमा परेयता मूर्तिको नौ पटक मर्मत भइसकेको छ।

आउँदो अप्रिलदेखि पर्यटकहरुका लागि मूर्ति अवलोकन गर्न खुल्ला गरिने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell